तिमी बिनाको जब रात आउँछ
भित्तालाई नि खूब बात आउँछ
मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी
आजकाल तिम्रो, मात्र याद आउँछ
आँखा खोलेर सपना बिच्काउँछु
त्यो सँगै जीवन रेट्ने मात आउँछ
फूलका सपना रच्ने आँखाहरूमा
फूल झरे पछि बरसात आउँछ
मलाई अब बोलाउँदा याद राख्नु
'एकतारे' नाम 'श्री' पश्चात आउँछ
Monday, December 31, 2012
Saturday, December 8, 2012
भीडमा याद मेटिन्न रै'छ (गजल)
भीडमा याद मेटिन्न रै'छ
भीडमा साथ भेटिन्न रै'छ
कहाँ सकें त्यो दिल तोड्न
आफ्नै घर तोडिन्न रै'छ
आफू हेर्छु मुसुक्क हाँस्छु
ऐनामा आफै देखिन्न रै'छ
अरु रूँदा सम्झाउँथे खूब
आफू दुख्दा हाँसिन्न रै'छ
एक्लै दुख्दा बुझ्दैछ मनले
सबै दुःख बाँडिन्न रै'छ
यता आवोस् कि उता जावोस्
दोबाटोमा अडिन्न रै'छ
फूल सँगै पलाए पनि
काँडा भने ओईलिन्न रै'छ
संसार सँग भिड्न सक्छु म
आफै सँग सकिन्न रै'छ
आजादीको कैदी भएँ म
खुल्ला भई उडिन्न रै'छ
था' भो चित्त दुखेको मेरो
त्यसै गजल लेखिन्न रै'छ
खर्च कति गरिस् एकतारे?
त्यसै ताली पाइन्न रै'छ
Wednesday, December 5, 2012
छोटो कविताः किशोर पहाडी
छाम्छु −
आफ्नो छातीको देब्रेतिर
ढुकढुक ढुकढुक,
ढुकढुक ढुकढुक...
को त्यहाँ हृदयअगाडि
उभिएर
ढोका ढकढक गरिरहेछ हँ ?
– किशोर पहाडी
आफ्नो छातीको देब्रेतिर
ढुकढुक ढुकढुक,
ढुकढुक ढुकढुक...
को त्यहाँ हृदयअगाडि
उभिएर
ढोका ढकढक गरिरहेछ हँ ?
– किशोर पहाडी
Saturday, December 1, 2012
Subscribe to:
Posts (Atom)
Popular Posts
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
घामलाई अँगालेर कालो पछ्यौरी ओढेको उ त्यो आकाशमा हेर त कति साना-साना ताराहरू छन् राख्नेले एउटा एउटा गरेर कति जतनले समय लगाएर राखेको हो...
-
सपना तिम्रो देख्दै तिमीलाई भुलाउनु छ आखिर कुनै बहानामा निदरी त्यो बोलाउनु छ बोतल लिँदा दोधार हुन्छ पिउँ कि नपिउँ भनि नशा माथी अर्को नशा फ...
-
बाह्रखरी.कम मा प्रकाशित, २०७३ श्रावण २२ शनिबार बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क...
-
आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरह...