Sunday, May 26, 2013

ठगलाई ठग्दा

"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है "
कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहेछ ।
विहान ७ बजेदेखि बसको साँघुरो सिटमा एकोहोरो बसाई, खानीखोला देखि शुरु भएको एकोहोरो जाम, उकालोमा इञ्ची इञ्ची गर्दै सरेको बसको पट्यार लाग्दो घच्घच्याईले मस्त निदाईएछ । सिटमा सँगै बसेको साथी पनि कता ओर्लिसकेछ थाहै भएन । चावहिलसम्म जाने भन्दै थियो, सँगै जाउँला भनेर सोचेको थिएँ । अब एक्लै जानु पर्ने भयो ।हुन त नजिकै त हो बसुन्धरा भनेको । फेरी बस पनि पाइएला भन्ने आशा जाग्यो ।कलंकी मै आधाउधी बस खाली भयो । स्वयम्भू पुग्दा त बसमा बसकाो स्टाफ बाहेक जम्मा  ४ जनामात्र बाँकी रह्यौँ ।एउटै परिवार थियो बाकी तीनजना, त्यो पनि म्हेपी जाने रहेछन् । भन्नाले, म मात्र बाँकी रहेँ ।

बसपार्क बाहिरै ओर्लिएँ ।
बस रोक्ने ठाउँमा हेरेँ, लहरै ट्याक्सीहरू रहेछन् । ट्याक्सीहरू भित्र बत्ती नबलेको देख्दा लाग्दै थियो सबै ड्राइभर सुतिरहेछन् । २० मिनेट कुरेँ, बाटोमा फाट्ट फुट्ट बाइक बाहेक केही पनि आएन । अब ट्याक्सी चढ्नुको विकल्प रहेन ।

Wednesday, May 22, 2013

आँसु सुकाउँछ (गजल ८४)

दुःखी मन बरसातमा आँसु सुकाउँछ
आकाश बढी दुःखी भनि चित्त बुझाउँछ


मायालुले प्रेम सँगै चोट पनि दिन्छन्
थाहै हुन्न मनमा के कति अटाउँछ

Friday, May 17, 2013

घामको चुम्बन (कविता)


मैले घामलाई केही सिकाएर पठाएको छु 
तिम्रो सामु क्षितिजमा डुब्दै गर्दा 
तिमिलाई त्यो घामले दिने शीतल आभासमा 
मेरो अनुभूती गर्नु


त्यो साँझको घाम सँगै 
सुनौला सपना पठाएको थिएँ

Saturday, May 11, 2013

सादा प्रेमपत्र (कविता)

लेख्दा लेख्दै प्रेमपत्र,
बतासले यी कागजका पाना उडाई लगे कता कता
बेमौसमी बर्सातले
पोखिएका मनका बह सबै
पखालेर फेरी सादै पारिदिए होलान् ती पानाहरू

भन्छन्,
यो बर्सातको पानी
धरतीको उचाइँ र मैदान छिचोल्दै

Popular Posts