देश छोडेको लगभग एक महिना पुगेछ । आफू मस्तराम मान्छे, जहाँ पुगेपनि रमाउन सक्ने भएकाले रमाइएकै छ । फेरी संसार पहिले जस्तो ठूलो रहेन । मात्र केही घन्टाको समयान्तरले पारेको अप्ठेरो बाहेक भेटघाट, गफगाफमा खासै समस्या परेको छैन । फेसबुक, टुइटर, स्काइप, भाइबर, काकाओ, व्हाट्स एप लगायत विभिन्न माध्यमहरूबाट कुरा गर्न मनलागेका मान्छेहरू भेटिएकै छन्, गफ हाँकिएकै छ । यतापनि चिनाजान बढेपछि जिन्दगी सजिलो भएको छ । सबै सँग रमाइलो गरिन्छ र सँधै खुशी रहने मान्छेको रूपमा चिनिएको छु । कसैले रमाइलो गरेकोमा चित्त दुखाएका छैनन् ।
तर केही कुरा साँच्चिकै मिस हुन्छन् । यो भाषा र संस्कृति नमिल्ने ठाउँमा मलाई सबैभन्दा मिस हुने कुरा चाँही 'गाली' हो । ब्लगमा छाडा नलेखुँ भनेको तर विषयवस्तु नै त्यही भएपछि म विप बिना नै सबैकुरा भन्छु । चित्त नबुझाउन पाउनु हुन्न कसैले ।
बाटोमा एक्कासी पुरानो साथी भेटियो भने के भन्नुहुन्छ? हाम्रो त सबैभन्दा पहिलो जाने सम्वाद नै
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "