Thursday, January 5, 2017

चीसो मन (कविता)



बिहान बिहानै
च्याप्प यो मौसमलाई समाती
तिमीमा घोलेर
स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ
आज यो मन अलि न्यानो बनाउनु छ

Monday, November 21, 2016

दाइ नभन्नु ल (ब्लग)

तस्वीर : सन्तोष पोखरेल


ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र कम । उनलाई ट्विटरमा नरमाइलो हुँदै गएको रहेछ । कारण के भने, ट्विटरमा नयाँ केटी देख्नै नहुने, केटाहरू जिस्किन आइहाल्ने । अलिअलि जिस्किउन्जेल त उनलाई नि रमाइलै लाग्दो हो, तर सीमा नाघेर जिस्काउन थालेपछि उनलाई असह्य भएछ ।
एक बिहान गुनासो पोखिन्, "कति मायाले दाइ भन्छु, कसैले सहन्नन् त ।"
मलाई यो कुरो खड्कियो । जिस्किने पारामा जवाफ दिएँ, "दाइ नभन्नू ल !"
उताबाट जवाफ आयो, "आफूभन्दा ठूलालाई दाइ नभने के भन्ने त ?"

Sunday, November 20, 2016

गजल १०५

प्राइभेटमा के छ? सरकारीमा के छ?
काम त काम हुनुपर्थ्यो‌, रोजगारीमा के छ?

Tuesday, September 27, 2016

तीन रूपैँया

(नेपालखबर.कममा साउन २२, २०७३ मा प्रकाशित)

टुइटरमार्फत बिहानै थाहा भयो। पेट्रोलको भाउ घटेछ, त्यो पनि दुइ दुइ रुप्पे। मन एकछिन फुरुङ्ग भो। तर त्यो दुई रूप्पे घटेपछि हुने दर सम्झेर एकैछिन मै सुरूप्पै भो। रू उनान्सय बाट रू सन्तानब्बे त हो नि। कत्ति न हो र? कार्यालय जाने समय भइसकेको थियो। सल्लाघारीबाट टेकुसम्मको बाटो समान्यतया मेरा लागि जम्मा बीस मिनेटको हो। तर घरबाट निस्कन अलिकति मात्र पनि ढिलो भयो भने कार्यालयसमयको जाममा परिन्छ। अनि त समय बीस मिनेटबाट डेढ घन्टा लाग्ने भइहाल्छ।

बाइक सुचारू गर्ने बित्तिकै तेलको डाँडी लुत्रुकै तलतिर लागेकोमा आँखा गइगो। अर्थात ट्यांकी खाली छ। भाउ बढ्ने हल्लाले हो कि के हो, हिजो पेट्रोल पम्पमा "छैन"वाला साइनबोर्ड झुन्डिएका थिए।  आज पनि उही त हो पारा। अब बाटैमा पर्ने भरपर्दो पम्पमा नै जानु पर्यो।

Popular Posts