Friday, December 4, 2009

मेरै हुन हेर्नु .....

याद मेरो आयो भने, आकाशमा जून हेर्नु ।
लजाएर नजर झुकाइ, मेरै प्रिय हुन हेर्नु ।।

निशा अनि हामी विच केही पनि नरहोस है ।
आँखा चिम्ली हामी दुइले सपना अरू कुन हेर्नु ।।

द्रव्यको चम्काइमा त्यो मन अझै अल्झिएला ।
चहकिलो सबै छाडी, नम्बरी नै सुन हेर्नु ।।

बत्तिसै ति लक्षण त मेरा पनि छैनन होला ।
वैगुन सबै विर्सीदेउ, मात्रै मेरा गुन हेर्नु ।।


Thursday, November 5, 2009 at 11:55am

(सुरेश खतिवडाजी लाई विशेष धन्यवाद, सम्पादनका लागी)

2 comments:

  1. सवीनजी, गजलहरु सुन्दर छन्। ब्लगको निरन्तरताको शुभकामना!

    ReplyDelete
  2. धन्यवाद ध्रुवजी, यी रचनाहरूलाई गजल नै त भन्न मिल्दैन तर गजल निकट कविता भन्दा ठिक होला । पहिला नजानेर नै लेखियो, विस्तारै गजलको संरचनामा ढलेर लेख्दै छु । आशा छ साथीहरूको सहयोग र प्रोत्साहन सदैव साथ रहने छ । :)

    ReplyDelete

Popular Posts