Thursday, December 3, 2009

माया र बाध्यता

माया त गर्छु तर जीवनभरी साथ दिन सक्दिन ।
तिमी लडखडाउँदा सम्हाल्ने हात दिन सक्दिन ।।

नमागे वेश मसँग सात जन्मका वाचाहरू ।
तिम्रो आत्मा मारिजाने घात दिन सक्दिन ।।

निस्वार्थ माया भरिएको मनमात्र छ तिम्रो लागी ।
पलभरको आनन्द दिने जोवनको मात दिन सक्दिन ।।

उषा बनि आउनेछ अरूनै कोही तिम्रो जीवनमा ।
मेरो आगमन सँगै आउने रात दिन सक्दिन ।।

 Friday, August 28, 2009 at 8:18pm

1 comment:

Popular Posts