Monday, September 24, 2012

त्यो शानदार "डाबर च्यवनप्राश" चौका....

[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ..

बहुत बढिया शाट...सिधे फिल्डरके हातो में

शानदार स्ट्रोक..और ए गेदं हावामे, बाउन्ड्री लाईन के बाहर.....की तरफ..और ए शानदार फिल्डिङ...

और ए बेहतरिन गेदं, अफस्टंप के बाहर टप्पा खाके अन्दर कि तरफ आती हुई, और उतनी हि बेहतरिन स्ट्रोक बल्लेबाज की । गेंद हवा मे लहराती हुई फिल्डर कि तरफ, फिल्डर मुस्तैद तैनाथ... और ए आउट....
लेकिन....गेदं फिल्डर के हातो के बिच से होते हुए बाउन्ड्रीलाइन के बाहर..चार रन.. ]



श्रीलंकामा अहिले टी ट्वेन्टी विश्वकप चल्दैछ । क्रिकेटको रोमांच उत्सर्गमा छ । क्रिकेट प्रेमी संसार सबैको आँखा टिभीमा जमेको छ हरेक साँझ । हाम्रो देशमा भने दुइटा च्यानलबाट प्रत्यक्ष प्रसारण हुँदैछ यो विश्वकपको । एउटा स्टार क्रिकेट अर्को चाँही इएसपिएन । मेरो घरमा स्टार क्रिकेट सफा आइरहेको छैन, त्यही भएर बाध्य भएर इएसपिएन मै हेर्न परेको छु । सोच्नु होला, च्यानलमा के छ? क्रिकेट हेर्न पाए पुगिहाल्यो नि, तर च्यानलमै छ जे छ । स्टार क्रिकेटमा कमेन्ट्री अँग्रेजीमा छ भने इएसपिएनमा हिन्दीमा आउने गरेको छ । अब भन्नु होला, खेल हेर्न पाए पुगी हाल्यो नि, भाषामा के छ? कुरा भाषाको होइन, कुरा कुरा कै हो । हिन्दी कमेन्टेटरहरूको कमेन्ट्री गर्ने शैली यस्तो ढर्राको छ कि, कि त तपाइँलाई रिस उठ्छ, कि त हाँसो उठ्छ । स्वाद आउँदैन कमेन्टरीको । कमेन्ट्री भनेको हुँदै गरेको खेलमा समिक्षात्मक टिप्पणी गर्नु हो, जुन की अँग्रेजी कमेन्टेटरहरूले बखुबी गर्छन् । हिन्दी कमेन्टेटरहरू भने अझै पनि रेडियोमा कमेन्ट्री गर्या झै गर्छन्, अर्थात खेलको प्रत्यक्ष प्रसारण! यो हिन्दी कमेन्ट्रीले भने झलझलती पुराना दिनहरू याद दिलाए । ती दिनहरू जब जिन्दगीमा क्रिकेट बाहेक केही हुँदैन थियो । 



म काठमाडौंमा जन्मेको केटो, क्रिक्रेट भन्ने पनि खेल हुन्छ भन्ने कुरा १२ वर्षको उमेरसम्म पनि अत्तो पत्तो थिएन । १९९६ मा श्रीलंकाले विश्वकप जितेपछि नेपालको कुनाकुनामा क्रिकेटको लहर चल्यो । मेरो ठाउँ तौलिहवामा पनि फेरी क्रिकेट चर्कियो । मैले पढ्ने विद्यालय बुद्धपद्म मा.वि.को विशाल मैदानमा फेरी पिच तयार भयो र क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना भएपछि क्रिकेटसँग परिचय गरियो । त्यो बेला केबल टिभी त्यती साह्रो प्रचलित थिएन । अन्तरराष्ट्रिय प्रतियोगिताहरूको अपडेट रेडियो मार्फत नै लिने गरिन्थ्यो । त्यो प्रतियोगिताको दौरान पनि खेलाडी र दर्शकहरू हातमा रेडियो बोकेर आउँथे, मैदानमा भईरहेको खेल सँगै रेडियोमा कमेन्ट्रीको मजा लिन्थे ।

विस्तारै क्रिकेटको रस लागे पछि खेल्न मन लाग्न थाल्यो, तर आफू फुच्चे भएकोले कसैले पनि नखेलाउने । गाउँमा आफू भन्दा फुच्चेहरूलाई बटुल्यो, उनिहरूलाई चैं फेरी क्रिकेट नरूच्ने । २२ जना भेला गरी फुटबल खेल्नुपर्ने उनीहरूलाई । उही स्कूलको मैदानमा गएर अरूले खेलेको हेरेर बस्थे । एकदिन विकेटकीपरको पछाडी बसेर बलिङ्ग हेर्द थिएँ । बलिङ्ग गर्ने आफ्नै क्लासको साथी थियो, अब्दुल तेली । उ बायाँ हाते, अलि पुड्के थियो । आफूलाई वसिम अकरम भन्ठान्थ्यो । कुदेर आएर बल फाल्यो। बाउन्सर थियो, बल ब्याट्स्म्यान र विकेटकीपर दुवैको टाउको माथीबाट उडेर म तिर नै आयो । म अक्क न बक्क ! केही सोच्नु, गर्नु अगाडी नै बल मेरो अनुहार मै बजारीइ सक्या थियो । त्यती बेला नै बाक्लो चश्मा लगाउने म, आँखाको खाल्डोमै बल बजारिँदा शिशा चकनाचूर । साथी राजु राउतले क्लिनिक सम्म लगेर हेन्डीप्लास्ट लगाइदिएका थिए घाउमा । दुख्न फेरी यति धेरै दुख्या थियो कि म रूँदै घर गएको थिएँ । त्यो मेरो ड्यूज बल सँगको पहिलो साक्षात्कार थियो । यसरी चोट खाँदा पनि क्रिकेटसँगको मोह त्याग भएन, बरू झन गहिरो नाता गाँसियो । स्कूलको बेन्चको पाता चोरेर, गाउँलेको मूढा ताछेर क्रिकेट ब्याट बनाइयो । गाउँ भरिका केटाहरूको नेता बनेर क्रिकेट खेलियो । बल किन्न १/१ रूपियाँ जम्मा गरियो । सके टेनिस बल, नसके रबर बल किनियो । त्यो पनि नसके मोजा भित्र कपडा कोचेर बल बनाइयो । बाटोमा खेल्दा बल धान/गहुँ बारीमा हराउँथ्यो । दिउँसो खोज्न गए खेत मालिकले मार्थे, साँझ अलि झिसमिसेमा लुकेर बल खोजिन्थ्यो, अनि पुरै बाली मासिन्थ्यो ।




एसएलसीमा राम्रो नतिजा आएपछि काठमाडुँमा पढ्न आउन पर्यो । बसुन्धरा बस्ने मेरो रोजाईको कलेज पर्यो, अमृत क्याम्पस अर्थात अस्कल । अस्कलमा क्रिकेट रूचाउने साथीहरूको टोली जम्यो फेरी । अतिसम्मोध, समिर गिरी, निर्मल बराल, दिनेश सापकोटा र उनको भाइ राकेश र अरू साथीहरूको । हामी क्रिकेट खेल्न हालको नयाँ बसपार्कमा जान्थ्यौं । अहिले बसपार्कको पछाडी पट्टी रहेको बस पार्क गर्ने ठाउँ खुल्ला थियो पहिले, त्यहीँ खेल्थ्यौं हामी । आइ एस्सी प्रथम वर्ष, दिवा टोलीको तर्फबाट कलेजमा भएको प्रतियोगितमा पनि भाग लियौं । त्यो बेला क्रिकेटको भूत यसरी चढेको थियो कि बजारमा आएका जम्मै प्रकारका पत्रिका किनिन्थ्यो, फुटपाथमा गएर पुरानो अङ्कहरू समेत थुप्रोका थुप्रो किनिन्थ्यो । तौलिहवा हुँदै गोरखपुरबाट पत्रिकाहरू हुलाकद्वारा मगाइन्थ्यो । क्रिकेट सम्राट र विजडन हाम्रो प्रिय पत्रिका थियो । घरमा त्यतीबेला केबल टिभी जोडिएको हुँदा क्रिकेट हेर्ने अनेक उपाय गरिन्थ्यो । प्रयोगात्मक कक्षाको बिच बिचमा अस्कलको होस्टलमा पुगेर म्याच हेरिन्थ्यो । म त्यतिबेला विहान बागबजारमा रहेको एबिसी इन्स्टिट्यूटमा कोचिङ्ग क्लास लिन्थेँ । त्यो इन्स्टिट्यूटमा सबै तराई मूलका शिक्षकहरू थिए र सबै क्रिकेटका दिवाना । रिसेप्सनमा एउटा श्यामश्वेत टिभी थियो । म चै क्लासको बिचबिचमा कुदेर स्कोर हेर्न पुग्थेँ त्यहाँ । फिजिक्स पढाउने सुधिर सरले त मेरो नामै तेन्डूलकर राखिदिएका थिए । आफूलाई भने तेन्दुलकर मन नपर्ने । एकचोटी तेन्दुलकर बेकारमा हिरो बनेको छ भन्दिएको थिएँ, त्यै सरले पन्ध्र मिनेट मलाई थर्काउँदै तेन्दुलकरको तारिफ गरेका थिए । त्यही बेला भारत र अस्ट्रेलिया बिचको टेस्ट सिरिज मैले पुरा पुरा दिन त्यहीँ बसेर हेरि दिएपछि मलाई रिसेप्सनमा आउन पनि प्रतिबन्ध लगाई दिएका थिए । 

हाम्रो कक्षामा एकजना विचित्रका साथी थिए, विचित्र कुन अर्थमा भने उनी साँच्चिकै विचित्र थिए । नेपाली टोपी, कुर्ता पाइजामाको पहिरनमा कलेज आउने उनमा विभिन्न खालका फरक गुणहरू थिए । उनले कमेन्ट्री सुन्नका लागि रेडियो बोकेर आउँथे कहिले काँही । अलइन्डिया रेडियोमा भारतमा आयोजना हुने खेलको प्रत्यक्ष प्रसारण सुन्न पाइन्थयो । इंग्ल्यान्डमा सम्पन्न भएको १९९९ को विश्वकप त हामीले धेरैजसो बिबिसीमा प्रत्यक्ष सुनेका थियौं । एउटा रमाईलो खेल सिकियो त्यही ताका, कागजमा क्रिकेट खेल्ने ! लूडोको गोटी फालेर स्कोर गर्दै जाने त्यो खेलले मलाई अति नै एडिक्ट बनाएको थियो । धन्न त्यती बेला ल्यापटपको जमाना आइसक्या थिएन, नभए म कति खेल्दो हुँ यो खेल । साथीहरूले होस्टेल छोडेर सामाखुशीमा डेरा लिएपछि उतै गल्लीमा समेत खेलियो । ४ फिट चौडा गल्लीमा एकछेउमा रहेको गेटलाई स्टम्प बनाएर अर्को छेउबाट बलिङ्ग गरिन्थ्यो । अनि वरिपरि रहेको ६/७ फिट अग्लो पर्खालले नेटको काम गर्थ्यो ।  म भनेँ सँधै बल हराउने मध्ये एक पर्थेँ, मलाई शोएब अख्तर बन्नु पर्ने, अनि त्यो साँघुरो गल्लिमा बलिङ्ग गर्दा हातबाट बल फुस्केर कता कता पुग्ने । त्यही घरमा छालाको काम गर्ने कश्मिरीहरू पनि बस्थे । हट्टा कट्टा ज्यान भएका कश्मिरीहरूलाई टिममा लिएर नयाँबजारमा गएर म्याच खेल्दा खुब जितियो पनि ।

समय सँगै साथीहरूसँगको साथ छुट्यो । अहिले को कता, को कता भएका छन् । फेसबुकमार्फत सम्पर्क छ, कसको के हुँदैछ भन्ने थाहा त हुन्छ तर जमघट नभएको धेरै भयो । आफू पनि आफ्नै कामहरूमा व्यस्त, क्रिकेट खेल्ने जाँगर  मरिसक्यो, कहिलेकाँही टिभीमा हेरिन्छ । आफूलाई हावामा बल उड्दै बाहिर गएको भन्दा बलरले स्टम्प उडाएको र द्रविडको क्लासिक ग्राउन्ड स्ट्रोकहरू मनपर्ने, त्यो अहिलेको क्रिकेटमा कमै देख्न पाइन्छ । यही कारण पनि क्रिकेटमा रूची घटेको छ । कलेज ताकाका यी साथीहरूसँग फेरी जमघट भयो भने पक्कै पनि क्रिकेटकै कुरा हुन्छ, ती पुराना यादमा क्रिकेट नै गाँसिएर आउनेछ ।





साथी अतिसको सम्झनामा रेडियो कमेन्ट्री

फिल्ड का जमावडा देखें... विकेटकिपर विल्कुल विकेट से सटे हुवे,
तीस गज के घेरे के अन्दर एक स्लीप, पोइण्ट, कभर, एक्स्ट्रा कभर, मिड अफ, मिड अन, मिडविकेट और स्क्वायर लेग
और तीस गज के घेरे के बाहर सिर्फ एक फिल्डर डीप फाइन लेग बाउण्ड्री लाइन पे....
गेंदबाज अब राउण्ड द विकेट जाते हुवे अम्पायर को पार किया और गेंद की इसबार गेंद थोडा फुलर लेंग्थ की थी अफ स्टम्प से बाहर टप्पा खाके थोडा अन्दर की तरफ स्पीन होती हुई....
इसबार बल्लेबाज ने बांया पैर आगे निकाल के झुकते हुवे गेंद की लाइन में आके गेंद को पूरा सम्मान देते हुवे स्पीन को वहीँ दबाया गेंद गई सर्ट फाइन लेग की तरफ विकेट कीपर ने पिछे से आके गेंद को उठाया और गेंदबाजको वापस करते हुवे....
...अगली गेंद...... और इस बार उठा दिया हैSSSSSSSSS फिल्डर के लिये कोइ मौका नहिं हैSSSSSSSS  गेंद गई है सीधे डीप मिड विकेट बाउण्ड्री से बाहर
और ये शानदार डाबर च्यवनप्राश चौकाSSSSSSSSSS
बल्लेबाज ने इसबार पहले से भांप लिया था कि गेंद थाडी सी शर्ट लेंग्थ है अफ स्टंप पे टप्पा खाके और बाहर की तरफ निकल रही है शानदार फुटवर्क के साथ पूरा मौका ताडते हुवे जगह बनाके सीधे बल्ले से इसे मिडविकेट के फिल्डर के सर के उपर से उठा दिया....
और इसीके साथ ये आल आउट ओभर खतम मच्छर खतम...

Radio Pakistan style:
वकार युनूस एक मर्तवा फिर 'ओभर द विकेट' आते हुवे...
वकार आये.. और गेंद की और इस बार बल्लेबाज ने जारहाँना अंदाज से गेंद को घूमते हुवे मार दिया है डीप स्क्वाय
र लेग के जानिफ
लेकिन वहाँ पे फिल्डर वसीम अक्रम मौजूद उन्हो ने गेंद को बाउण्ड्री लाइन दो गज अन्दर रोक लिया और इसी बीच
ये दो रन का इजाफा....










2 comments:

  1. maile aakashwani radio commentery sunda ta "ye.....BSNL chaukaa....." bhanthyo. tyasle pani game ko mood ma chuttai mithaas thapeko jasto laagthyo malai...especially for test matches when after so many mainden you hear the roar and the commentetor goes:".....BSNL chaukaa!!!"

    ReplyDelete
  2. Sabin, wow nice comment for cricket. by the way timro ISC ko sathi Ranjit le timi lai criket ka kahani sangai samjheko, last time bhetda pani. BT hindi ma comenntator le sunayeklo sadhai yad aauchha ni.. ha ha ha ha

    ReplyDelete

Popular Posts