Sunday, November 23, 2014

गजल ९१

 कि त तिम्रो त्यो मन भारी हो
नत्र त्यो सोच अहंकारी हो

पस्किनु अघि भन्नुपर्थ्यो नि
हजुर पनि मांसाहारी हो



अन्तरेले रीसमा भन्यो
मेरो बाउ बलात्कारी हो

भान्सामा पो छन् पतिदेव
सँधै हैन मैनावारी हो

एकतारे एक तार थप्दैछ
सुर फेर्ने पो तैयारी हो

No comments:

Post a Comment

Popular Posts