१.बुझाउन मनका कुरा म कवि बनेँ
स्वरूप आफ्नो भुली तिम्रो छवि बनेँ
मुटु छेउ लुकेको माया कहाँ देख्यौ र
बाटो तिम्रो उजेली गर्न रवि बनेँ
====================
२. पिडा साट अलिकति, खुशी दिन्छु धेरै धरै
तिम्रा आँखा रसाइदिए, म नि रून्छु धेरै धरै
धेरै कुरा लुकेको छ, तिमी भित्र के छ के छ
खुल्ला तिम्रो मन गरे माया छान्छु धेरै धेरै
=====================
३. तिम्रो बयान गर्ने गजल गीत लेख्न छाँडे अब
नआउ भो मनको छेउ, प्रित लेख्न छाँडेँ अब
अलिकति हार अनि धेरै जीतै जित देख्थे
हारैहारको थुप्रो लाग्यो, जीत लेख्न छाडेँ अब
Tuesday, November 2, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एउटा सानो दुइ कोठे ढुंगाको भवनामा दुइवटा सरकारी कार्यालय र ती दुई कार्यालयका कुरूवा उनी र म । त्यही नाताले समय कटाउन हामी साथी हुनै पर्ने भय...
-
एकदिन साथी सब्बु संयम र म कालीप्रसाद बासकोटा दाइलाइ भेट्न गएका थियौं । एक लाइन सुनाउनु भयो, 'टोलाई रहन्छौ हर साँझ ए चन्द्रमा तिमी आज ...
-
"गाह्रो छ" भन्न कति सजिलो छ। सुन्न पनि सजिलो छ । भोग्न एकदम गाह्रो हुन्छ । गाह्रो भइ भोगेको बुझ्न सकिन्न । गाह्रो भएको भोग्ने...
-
"नयाँ आउने सरहरू लाइनमा बस्नुस्, लाइन् नमिच्नुस् त" "यसका लागि नि लाइन बस्न पर्ने हो?" "हिजो अपरेसन गरेकाहरू लाइ...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
No comments:
Post a Comment