Tuesday, July 12, 2011

दिलको थुना (गीत ३)

स‌सारनै देखाइ दियौ दिलको यो थुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा

एक हाँसोले मनभित्रको खडेरी नै हरायो
प्रेमको वर्षा पाइ नयाँ पालुवा यो पलायो
रँरगीच‌गी फूल हाँस्छ एकदिन यो मुनामा
स‌सारनै देखाइ दियौ दिलको यो थुनामा

मोहनी हो भन्छन सबै यसै भित्र म भुलेँ
कैले खुशी कैले दुखी रमाउँदै म झुलेँ
कहिँ पनि नपाउने आनन्द यो टुनामा
जूनताराको झिलिमिली पाउँछु यै कुनामा

Sunday, October 17, 2010

संगीतः तुफान शान्त
स्वरः विशाल ठटाल
संग्रहः Arrival (Paila-2) 

 
Arrival मा संग्रहित गीतहरूको झल्को, यो गीत २.३८  मा सुन्न सकिनेछ

1 comment:

Popular Posts