यात्रा थालि पाईला उठे सङ्घारमै गोधुली छ
रात परे के नै भयो साथ दिने जुनेली छ
साजगाज बिनापनि गाउनै छ जीवन गीत
सँगसँगै रमाउने एकान्तको सुसेली छ
पिर वेथा हरी दिन सँधै कहाँ सकुला र
लाज पचाई आँखा मेरा छोपीदिने परेली छ
के रिस गरुँ देउतासँग उसले दिएको जूनीलाई
सुखदुख रमाउने यो मन उसकै कोसेली छ
सगर नाप्छु भन्छ कैले सागरमा डुब्छ कैले
आफ्नो मनको चाह यौटा नसुल्झिने पहेली छ
अँधेरीको चादर ओढी सुस्ताई दियो जगत सारा
अनि मात्र थाहा भयो "सबिन" भित्रै उजेली छ
Monday, October 4, 2010 at 10:42am
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे, सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ । १५ असार, २०६८
-
बिहान बिहानै च्याप्प यो मौसमलाई समाती तिमीमा घोलेर स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ आज यो मन अलि न्यानो बनाउनु छ
No comments:
Post a Comment