सोच्दैँ थिएँ
किन हुन्छ देउताको भिड
सय, लाख, करोड हैन ३३ करोड
हरेक कुरा, हरेक चिजको देउता
आगो, पानी, माटो, हावा, जङ्गल आदि ईत्यादी
सबैको देउता
अझै सोचेँ,
अझै पढे,
अनि बुझेँ
चिजको देउता होइन
हरेक चिजमा देउता
आगो, पानी, माटो, हावा, जङ्गलमा देउता
कणकणमा देउता
म भित्र पनि देउता
म पनि एउटा देउता
आफ्नो मन खुशी राख्न सके
खुशी हुन्छ देउता!!
Saturday, October 16, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनु...
-
सपनाका बोझ थाम्ने त्यही काख सिरान थियो बिसाएछु जीवन त्यहीँ जहाँ मेरो चिहान थियो अँधेरोमा खोजेँ खुबै ज्योतीका ति झिल्काहरू थाकि जब आँखा च...
-
ति रातहरू पनि रात नै थिए जब हामी दुइ बेग्ला बेग्लै छतमा ताराहरू गन्दै हुन्थ्यौं गन्दा गन्दै हामीले गन्ती भुल्थ्यौं अनि ती ताराहरू गने...
-
अनुहार भरि कोरिएका जिन्दगीमा घुमाउरा बाटोमा हिँडेका पैंतालाका डोबहरू झिनो आशा जिन्दगीको प्रतिक्षा छ अवसानको चिताको रापमा सल्किएर मेटिनु...
No comments:
Post a Comment