Tuesday, July 26, 2011

याद (गीत)


जूनकिरी सँगै नाँच्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि

गीत कुनै सुसाउँछ पवनको मिठो बोली
चन्द्रमाले चियाउँछ बादलको घुम्टो खोली
उज्यालो भै रात जाग्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि

ताराको यो टिल्पिलमा छाइदिन्छ टुनामुना
मुहार उही देख्छु म त सपना हो कि विपना
वेहोशीमा दिल मात्छ तिमी याद आएपछि
दुख पिडा सबै भाग्छ तिमी याद आएपछि

No comments:

Post a Comment

Popular Posts