छल्की दिन्छ आँखाभरी, पिरतीको यो तिर्सना ।
झनै सुन्दर देखिन्छु म, नयन मोती भो गहना ।।
पाइलाको डोब मेट्दै भुलि हिँडे कता कता ।
छुटाउन चाहन्न म ज्यानै लिने यो मुर्छना ।।
ईन्द्रेणीको रहर गर्ने आँखा पनि कति सोखिन् ।
तर चश्मा फेर्दा पनि बेरंगी नै छ सपना ।।
काँडै काँडा छाम्दै हिँड्छु फूलै फूलको बगैँचामा ।
बसन्त नै छाउँदा पनि बिझाउने छ सम्झना ।।
April 29, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
-
"ल है कलंकी ओर्लिने कोही छ भने आऊनुस् है " कानै नजिक कन्डक्टर चिच्याए पछि मेरो निद्रा खुल्यो । घडी हेरेँ, रातीको ११ बजिसकेको रहे...
-
[ बेहतरिन स्ट्रोक, फिल्डरको बिट किया..लेकिन बाउन्डरीलाइनपे फिल्डर तैनाथ,कोई रन नहीँ.. बहुत बढिया शाट...सिधे फिल्डरके हातो में शानदार स्ट्र...
-
To the one who when kept on land of choclate sees nothing but calories and more calories "Dear Sabin, As a rule, you are a fool when it...
No comments:
Post a Comment