छल्की दिन्छ आँखाभरी, पिरतीको यो तिर्सना ।
झनै सुन्दर देखिन्छु म, नयन मोती भो गहना ।।
पाइलाको डोब मेट्दै भुलि हिँडे कता कता ।
छुटाउन चाहन्न म ज्यानै लिने यो मुर्छना ।।
ईन्द्रेणीको रहर गर्ने आँखा पनि कति सोखिन् ।
तर चश्मा फेर्दा पनि बेरंगी नै छ सपना ।।
काँडै काँडा छाम्दै हिँड्छु फूलै फूलको बगैँचामा ।
बसन्त नै छाउँदा पनि बिझाउने छ सम्झना ।।
April 29, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे, सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ । १५ असार, २०६८
-
बिहान बिहानै च्याप्प यो मौसमलाई समाती तिमीमा घोलेर स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ आज यो मन अलि न्यानो बनाउनु छ
No comments:
Post a Comment