धेरै पछि आएको छ खुल्ला आकाशको मौसम
रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम
परदेशमा सुख खोज्दा आउँछ याद झलझली
आफ्ना सँग यौटै थाल मिठो एक गाँसको मौसम
रगतमा होली खेल्दै भक्तहरू धर्म गर्छन्
द्यौता पनि भन्छन् यै हो पाप विनाशको मौसम
कामै रोकी जगत यो लागेको छ खुशी बाँड्न
छाएको छ पिउनेलाई जुवा र तासको मौसम
बहाना यो बनोस् सबको दुख पिडा भुलाउने
सुख आउने बाटो कुर्ने मनको यो आशको मौसम
Friday, October 15, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे, सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ । १५ असार, २०६८
No comments:
Post a Comment