हृदयका भेद खोली जब बोल्छन् आँखाहरू
साह्रै मिठो लाग्छ बोली जब बोल्छन् आँखाहरू
बादलुको घेरामुनी ईन्द्रेणीले मुस्कान छर्छ
रहरले खेल्छ होली जब बोल्छन् आँखाहरू
हतियार अनेक छन्, छानी छानी गर्छौ प्रहार
मुटु छेडी चल्छ गोली जब बोल्छन् आँखाहरू
समय यो टक्क अडी मोहनीमा तिम्रो भुल्छ
मुस्कानको जादू घोली जब बोल्छन् आँखाहरू
कुमारी त्यो मनको चाह झल्किदिन्छ नयनभरी
खोजे जस्तो लाग्छ डोली जब बोल्छन् आँखाहरू
Thursday, October 7, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
कस्तो हुस्सू भईएछ, आफू के हो भुलिएछ हिँड्दै जाँदा एक्लै भएँ ओहो ! बाटो छुटि्टएछ फूलले छुँदा चोट लाग्यो शायद प्रेममा गलिएछ घर कता बेघर कता...
-
गजल कस्तो हुनुपर्छ भन्ने वादविवाद चलिरहेछ । गजलको सिद्धान्त यो हो भन्ने तर्क एकातिर छ । अर्काथरिले लेखेका गजल त गजल हैन भन्ने तर्क पन...
-
फेसबुकमा साथीले एउटा भिडियो शेयर गरेको रहेछ । कुनै देशमा बालबालिका प्रयोग गरेर धूमपान गर्ने व्यक्तिहरू माझ चेतना फैलाउने गज्जबको तरिका ...
-
कि त तिम्रो त्यो मन भारी हो नत्र त्यो सोच अहंकारी हो पस्किनु अघि भन्नुपर्थ्यो नि हजुर पनि मांसाहारी हो
No comments:
Post a Comment