Tuesday, July 12, 2011

मन हामी दुईको (गजल ४७)

भिड माझ एक्लिएको मन हामी दुईको
रहरले आत्तिएको मन हामी दुईको

फुल्नु थियो फल्नु थियो बास्ना छरी छरी
कोपिलामै मासिएको मन हामी दुईको

एकै माला गाँसिएर सज्ने भाग्य कहाँ
गाँस्दा गाँस्दै ओईलिएको मन हामी दुईको

बरसातको आशा गरी सगर हेर्दा हेर्दै
खडेरीमै फक्रिएको मन हामी दुईको



 संगम पन्तद्वारा संगितवद्ध तथा उनकै स्वरमा यही गजलः

November 29, 2010

No comments:

Post a Comment

Popular Posts