Tuesday, June 5, 2012

हुनेवाली र तिनका दाजु

मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका लागि दाजुहरूले के सम्म गर्दा रहेछन् । फिल्ममा, यथार्थमा देखिरहेको कुरा चै हो यो, एउटा दाजुले बहिनीलाइ लभ गर्ने केटोलाइ कहिले रूचाएन । आफ्ना हजार गर्लफ्रेन्ड होस्, बहिनीलाइ चै कुनै केटोले जिस्काउन सम्म पनि हुँदैन । दाजु मर्न मार्न तयार हुन्छन् । 



 मेरो मामिला अलिकति फरक पर्न गयो । ति दाजु भनाउँदा मर्न मार्ने गरी आएको भए त देखा जाएगा भनिन्थ्यो । भिड्न परे भिडिन्थ्यो पनि, आखिर मायाका लागि ज्यान दिन त पछि पर्न हुन्न । तर यहाँ दाजु भनाउँदाले साह्रो कुटनैतिक पारा देखाए । तिनले प्रत्यक्ष्य प्रहार गर्न चाहेनन्, बहिनी मार्फत प्रहार गरे । 

कुरो कसो पर्यो भने मेरी 'हुनेवाली' को परिवारले विना कुनै अन्तरवार्ता, सोधपूछ मलाइ वहिष्कार गर्यो । मलाइ हेर्न लायक सम्म पनि देखेनन् । शायद जातपात, पारिवारिक-आर्थिक स्तरको लेखाजोखा भयो होला । व्यक्तिगत रूपमा मलाइ चिन्नु भन्दा पहिले नै 'ल यो केटो हुँदैन' भनेर ठाडो निर्णय आयो । अब यो तन्नेरी उमेरमा लभ परेको, त्यसै कहाँ छोडिन्छ र ? परिवार न सरिवार बालै भएन भनेर लभ अगाडी बढाइयो । तर परिवार संग पङ्गा  लिन कहाँ सजिलो हुन्छ र? अनेक तिगडम लगाए । भेटघाट कठिन भयो, गाली खाने काम बढी भयो । सानो तिनो नजरबन्द मै परिन् 'हुनेवाली' केही दिनलाइ । तर पनि सहदैँ झेल्दै सम्बन्ध चलि नै रहेको थियो । तर हाम्रो माया कम चै भएन । लुकिछिपी भागी भागी भेटघाट चल्दै नै थियो । अब बहिनीले जति जे गरे पनि माया नमार्ने भएपछि दाजुले बडो कुटिल चाल चले ।

यस्तो अचूक प्रहार भयो कि हाम्रो मायाको आधार मै भुँइचालो गयो । नारीको सबैभन्दा ठूलो कमजोरी र सबैभन्दा ठूलो हतियार म माथी प्रयोग गराए..शंकाको हतियार । दाजु त बडो सोझो पल्टिएर बहिनीलाइ कूटनीतिक पारामा सम्झाउँदा रहेछन् । मेरो भूत, वर्तमानमा रहेका जति पनि शंका गर्ने स्थान थिए ति जम्मै भ्याएछन् दाजुले । अनि फेसबुकका फोटो, विभिन्न स्टेटसको दुरूपयोग गर्दै एउटा तथ्य खडा गरिदिएछन् बहिनीका अगाडी ।

म यो जमानाको खुंखारतम प्लेब्वाइ मध्य एक अरे । मेरा वर्तमानमा तिनवटा गर्लफ्रेन्ड छन् अरे । अनि म चै केटी फेरी फेरी लभ खेल्दै हिँड्छु अरे । मलाइ ती दाजुका यि बकम्फुसे हावादारी गफसँग कुनै आपत्ती त थिएन र हुनेवालीले पत्याइ दिएपछि आपद पर्यो । अझ भयंकर समस्या त के पर्यो भने हुनेवालीलाइ बडो विश्वास भएछ यी तथ्यमा । अब न उनले मलाइ छोड्न सक्ने, न यो तथ्यलाइ पचाउन सक्ने । बडो रोनाधोना चल्यो । विश्वासघाती, पापी, धोखेबाज, जिन्दगी बर्बाद गरिदिएको..आदि इत्यादी अनेक भयंकर भयंकर 'एकता कपूर ब्रान्ड' डाइलग सुन्न पर्यो । उनी रिसाएर केही दिन बोलिनन्, फोन पनि उठाइनन्...अझ मेरो घाउमा नून चुक छर्न तिनको फोन दाजुले उठाइदिने...

आफ्नो योजना सफल भएकोमा ति हुनेवालीकी दाजु अहिले मख्ख होलान । मलाइ यो समस्याबाट उब्रिन केही बरे लाग्नेछ । ति झुटा तथ्यलाइ झुट्याउन केही सही तथ्य जुटाउन पर्नेछ..तर यति समयसम्म हुनेवालीले कति आँसु बगाउने हुन? तिनका दाजु भनाउँदा तिनको आँसु हेर्दै मुसुमुसु हाँस्दो हुन्...म चै अझै पनि तिर्मिर्याएर  यही सोची बसेको छु  "सुड्डोले यी कुरा पत्ता चै कसरी लगाए हँ??"

9 comments:

  1. हन सबिन दाजुले यो ब्लग हेर्चन की नाइ?

    ReplyDelete
    Replies
    1. पक्कै हेर्छन् अब :)

      Delete
  2. सुड्डोलाइ कारवाही गर्देउ !
    :)

    ReplyDelete
  3. साथीलाई हेल्प चाहिएको जस्तो छ है ।। म त रेडी है, किडन्याप नै गर्ने की दाजु लाई तर्साउने हो ?

    ReplyDelete
    Replies
    1. लिगल किडनेप गर्ने अब :)

      Delete
  4. हिम्मत गरेर अगाडि बढ साथी फेरि यस्तो चाहि नहोस् है :-
    मैले उनलाई माया गरे अबला सम्झेर
    उन्को दाईले मलाई कुटे तबला सम्झेर :))

    ReplyDelete
  5. हा हा हा

    ReplyDelete
  6. जसको पनि उस्तै कथा हुदोरहेछ त...म पनि यस्तै पिडित

    ReplyDelete
  7. hahah daaju aru chai testai ho... antim waakya chai babaal laagyo....!!!

    patta chaai kasari lagaaye... hahah

    ReplyDelete

Popular Posts