Friday, October 6, 2017

गजल १०६

एक हातमा फूल अर्कोमा छुरी छ
ऊ सँग नै अँगालिन मञ्जुरी छ

टाढा हुँदा माया हुन्छ त्यसैले त
सँगै हिँड्दा छुटिन कै आतुरी छ


आयो-गयो, गयो-आयो जिन्दगी यो
बाँच्नलाई नि साँस फेर्न जरुरी छ

सम्बन्ध र दिल सँगै टुट्यो हेर
कोरिएको सीमारेखा सिन्दूरी छ

रातका बेला धिपधिपै जली दिन्छु
निभ्नै हुन्न आज झनै हावाहुरी छ

अचानोमा कुदिएको छ मेरै छवि
उसको सिरमा मेरो जस्तै खुकुरी छ

No comments:

Post a Comment

Popular Posts