Monday, April 29, 2013
Tuesday, April 23, 2013
बेरोजगार कवि (कविता)
तिम्रा लागि केही मिठा शब्द भरी
कविता लेखुँ भन्दा
तिम्रो अघि सबै बिम्ब फिक्का लाग्न थाल्छन्
घन्टौं घन्टौं घोरिन्छु
अन्तमा
मात्र दुई शब्द बाँकी रहन्छन् लेख्नका लागि
एउटा तिम्रो नाम, अर्को माया
स्काईपमा तिमी सँग बात गर्दा
म चुप्प लागेर
एकोहोरो तिम्रा कुराहरू सुन्छु
पृष्ठभूमिमा हिन्दी– नेपाली– अँग्रेजी –उर्दू
रोमान्टिक गीतहरू
र्र्यान्डम मोडमा बजेको सुन्दा
कति झिँझो लाग्दो हो, कति रिस उठ्दो हो
विन्ती !नरिसाई देउ है
म ती गीतहरूमा प्रेमिल शब्दहरू खोज्दैछु
प्रेममा मान्छे कवि बन्छ भन्थे
प्रेममा परेर यो कवि
बेरोजगार भएको छ !!
Monday, April 22, 2013
Subscribe to:
Posts (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
"चिया चिसो भो" सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ । बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थ...
-
तस्वीर : सन्तोष पोखरेल ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र क...
-
प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ बाँच्नलाइ जवाफ चाहिँदो रहेछ प्रश्न देखि वाक्क लागेपछि बाँच्नै देखि वाक्क भइदो रहेछ अनि ल...
-
यता दुख्यो उता दुख्यो दुःखको नै कहानी छ म त सँधै छु विरामी मेरो डाक्टर विरामी छ सपना किन्दा निद्रै गयो किनबेच भो अचम्मको पत्थरको सिरान...