Saturday, June 30, 2012

म के हुँ?


प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ
बाँच्नलाइ जवाफ चाहिँदो रहेछ
प्रश्न देखि वाक्क लागेपछि
बाँच्नै देखि वाक्क भइदो रहेछ

अनि
लाग्छ वैरागी बनुँ, सबै छोडी हिँडु
हावाले सोध्ला फेरी " म के हुँ?"

अनि
लाग्छ हुलाकी बनुँ,  राम्रो खबर बाँड्दै हिडुँ
बिहानीले सोध्ला फेरी " म के हुँ?"


फेरी
लाग्छ यात्री बनुँ, बाटो खोज्दै हिडुँ
जिन्दगीले सोध्ला फेरी "म के हुँ?"




2 comments:

  1. उत्तर भेटेपछि खबर गर्नु है हाहाहा । गज्जब मीठो र सटीक कबिता ।

    ReplyDelete
  2. उत्तर भेटेपछि भेट पो होला कि नहोला भन्ने पिर छ त

    ReplyDelete

Popular Posts