Wednesday, June 20, 2012

उज्यालो बढे झै भयो आज झन् झन्

बेतुक ही बेतमलब हँस ले हम
क्यूँ ना हम इस लम्हे मे जी लें हम
चलो बाँट ले हम जिन्दगी
जरा आज यूँ कर ले
कहो क्या खयाल है??

कहिले विना खुशी, विना काउकुती, विना कुनै कारण हाँस्नु भएको छ??

भन्छन् नि खुशी खोज्दै बाँच्नु पर्छ, खुशी भएर बाँच्नु पर्छ । तर धेरैजसो मान्छे दुःखी भएरै बाँच्छन् । खुशी सुटुक्क आएर छोएर जाँदा पनि गुनासो रहन्छ तिनीहरूको, छोएर गएको खुशी किन सँगै रहेन भनेर । तिनीहरू जान्दैनन् यसरी छोएर जाने खुशीसँग रमाउन जान्यो भने यो फेरी फेरी आउँछ अनि सँधै साथ रहन्छ । मेरो मनको भने ठेगान छैन, कहिले यही धेरैजसोको भिडमा हराउँछ, कहिले धेरैजसो मध्य अपवाद बनेर खुशी भइरहन्छ त्यसै त्यसै ।

आज पनि यस्तै दिन आएको छ । किन खुशी छु, मलाई पनि थाहा छैन । विहान बाइक हुइँक्याउँदा हुइँक्याउँदै त्यसै मन प्रसन्न भएर आयो विना कारण । अफिस पुग्ने बित्तिकै पुरानो साथी समीरको फोन आयो । एक्लो जिवनको खुशीयाली अन्त्य गर्दै दाम्पत्य जीवनको चुनौती झेल्ने आँट गरेको रहेछ साथीले, अनि म चै साक्षी बनिदिनु पर्ने भयो । तर ठ्याक्कै त्यही दिन कार्यालयको प्रतिनिधित्व गर्दै एउटा सेमिनारमा जानु पर्ने भएकोले जान्न त भनेँ । फोन राख्या मात्रै थिएँ, अर्को साथीको निम्तो याद आयो  । भोली रातो मछिन्द्रनाथको  रथ लगनखेलबाट तानेर जावलाखेल लाने अरे, अर्थात भोलीको चार दिन पछि भोटो देखाउने, अर्थात सार्वजनिक विदा । लौ साथीको जन्त जाने त लेखेरै आएको रहेछ । मेरो जन्मदिनको दिन साथीले एउटा अर्को खुशी भेटाउने भयो । म त्यसै खुशी ।

खुशी छल्किएर फेसबुकको भित्तामा पोखियो । कञ्चन पुडासैनीले लेख्नु भएको मलाइ मनपर्ने नारायणगोपालको गीतको एक हरफ "उज्यालो भए झै भयो आज झन् झन्" स्टेटसको रूपमा गयो ।



यो लगत्तै आउने हरफ "उज्यालो त मुस्कानले बढ्छ भन्छन्" ले एउटा अर्को मुस्कानको याद दिलायो । मन त्यसै प्रसन्न




साथी विपिनले "संघाइ " हेर्ने प्रस्ताव ल्याए फेसबुक मार्फत । अस्ती भर्खर टिकट काटेर पनि हेर्न नपाएको अपवाद याद आयो । मैले अपवाद हेरुँ भन्दा खेरी सहजै मानीहाले साथीपनि । अनि लागियो बिग विकडे को फाइदा उठाउँदै फिल्म हेर्न बिग सिनेमा तिर । 'अपवाद' राम्रै चलचित्र थियो । कुनै कुनै ठाउँ बाहेक साढे दुई घन्टा मलाई बाँधेर राख्यो यसले । फिल्म हेर्न जाँदा मैले खोज्ने यति हो । यो फिल्म हेर्ने हरेक दोश्रो व्यक्ती समिक्षक बनेको सन्दर्भमा मलाई यसको राम्रो नराम्रो केलाउन मनलागेको छैन । सुयोगले लाइटर हुँदा हुँदै काठमा घोटी घोटी आगो निकाल्ने प्रयास गरेको तर आगो नबले पछि Man Vs Wild लाइ उडाएको जस्तो नै छ यो फिल्म । गीतहरू राम्रै छन् तर साथीहरूले यो फिल्ममा पनि आइटम गीत घुसाउन भ्याएछन् । मलाई अन्तिम सम्म पुगेर नि एउटा कुरो चाँही खट्की रह्यो, कसैले हिरोनीको रिंगटोन चै फेरीदिए हुन्थ्यो । 




फिल्म सकिएपछि बागबजार तिर लागियो, विच मै मंगले दाईले फोन गर्दै थिए । नयाँ बाइक लिएका मान्छेको फुर्ती नै बेग्लै हुन्छ । उनलाई बाइकको पार्टी दिन हतार पो थियो त । बाटोमा केही रमाइला दृश्यहरू देख्न सुन्न पाइयो । जुन देखेर नहाँसी बस्नै सकिएन


  1. कुमारी हलको अगाडी एउटा नयाँ क्याफे/रेस्टुरेन्ट खुलेको रहेछ । बजारको राम्रै अध्ययन गरेका रहेछन् साहुजीले, नाम चै जुराएका रहेछन् New Couple Cafe :)
  2. अलि अगाडी गएपछि एउटा अधवैसै जोडी बाटोमा टेबलमाथी केही जोर लुगाहरू सजाएर बेच्न बसेका थिए । स्कूलका युनिफर्महरू रहेछन् । अनि एउटा फ्लेक्स झुन्डिएको थियो माथी पट्टी Hero Tailors!
  3. बागबजारको खुंखार फेमस डान्स बार तारा डान्स अगाडी बाट जाँदै थियौं हामी । गोधुली सँगै यो डान्सबारमा रातीको रौनक चढ्ने गर्छ यति बेला । भित्र गीत बज्दै थियो । कान अलि चनाखो भएर सुनेको त आफ्नो कान माथी नै विश्वास लागेन । भित्र बजिरहेको गीत थियो  " जाग,लम्क, चम्क हे नौजवान हो..आफ्नो रंगले नयाँ ढंगले, देश सिंगार्न" अब भित्र यो गीतमा कस्तो नाच भईरहेको होला...सोच्दै बसुँ
मलाई आज जे देख्दा पनि रमाइलो लाग्दै छ । मन त्यसै फुरूङ्ग छ । मान्छे खुशी हुन चाहनु पर्दो रहेछ, खुशी र हाँसोको बहाना दैवले जुराउँदो रहेछ । जोक अफ द डे त बाँकी नै थियो मलाई के थाहा । बागबजारमा संगीतकार मंगल दाई सँगै गायक सरलदाजु पनि सँगै भेटिए । मंगल दाइ तनावमा रहेछन् । एउटा पुल्पुलिएकी गायिका र व्यापारी निर्माताको बिचमा परेर केही वचन सुन्न परेको रहेछ । अब कहाँ राजकुमारी गायिकाको रहर पुरा नभएपछि निर्माता अंकलको व्यापारिक सम्बन्ध नै डामाडोल हुन लागेको रहेछ । हाम्रो पो संगीत श्रृजना उनको लागि त एउटा व्यापार न हो । कुरो न हो..कता कता पुग्छ पुग्छ, हामी दुइको पनि कुरो बग्या बग्यै थियो । सरल दाजुले कुरोको चुरोमा पुगेर रोके हामीलाइ 
"तिमीहरू यो कुरा यहिँ छोड त, काम छैन यो कुरा गरेर, हाम्रो लागि पो म्युजिक क्रियसन.. तिनका लागि त यो एउटा वाइवाइ मात्र त हो.... " 
अब वाइवाइ र संगीत बिचको निरिह तुलना सुनेर हामी फेरी हाँस्यौ वेफ्वाँकमा एकचोटी...

क्या खयाल है? The Dewarists
स्वर, शब्द, संगीतः जेबा हानिया, स्वनन्द किरकिरे, शान्तनु मोइत्रा,


धडकनों कि ताल बाजे साँसो का इकतारा
आगँन मे सजाए वैठ सूरज चन्दा तारा
चलो बाँट ले हम जिन्दगी
जरा आज यूँ कर ले
कहो क्या खयाल है??

एक जहाँ छोटा सा अपना एक जहाँ तुम्हारा
मुस्कान चाहे मिठी हो या आँसु एक खारा
चलो बाँट ले गम और खुशी
थोडी गूफ्तगूँ कर ले
कहो क्या खयाल है??

आप से दो बातें करने
यादो को जेबो मे भरने
आए है हम कुछ दिनो के बाद
यारो के सोहबत मे आके
धिरे से कुछ गुनगुनाके
यूँ ही कट जाते है दिन और रात

मुट्ठी मे तुम भिँच लाना सावन हरा
एक धनक तुम भी तोड लाना फलक से जरा
भट्ठी भट्ठी बाँट लेगेँ किरणोका कतरा
एक सिक्का धूप हम से लेना अगर कम लगा

बेतुक ही बेतमलब हँस ले हम
क्यूँ ना हम इस लमहे मे जि ले हम
चलो बाँट ले हम जिन्दगी
जरा आज यूँ कर ले
कहो क्या खयाल है??


10 comments:

  1. बिना कारण लेखे पनि शैली मिलाएसी गज्जप हुनी रच है । गज्जब लेखेछन ।

    ReplyDelete
  2. लेखाइ Friction नै भएपनि केही गह्रौ कुरा पनि भेटिए । राम्रो छ ।

    ReplyDelete
    Replies
    1. अति सुन्दर मिठो अनि रसिलो....धन्यबाद सबिन जी ब्लग हेर्नी मौका पाईयो...साहितिक क्षेत्रको यो कदम निरन्तर अघि बढी रहोस यसरीनै एकतारे रेटी रहनु हार्दिक शुभकामना:))

      Delete
    2. @पुन्य हाकिमः यो लेखाइ Fiction होइन है । यहाँ भएका घटनाहरू नै समावेश भएका छन् ।

      Delete
    3. धन्यवाद सपनाजी, यो उत्साहवर्द्धनका लागी :)

      Delete
  3. यो खिचडी परिकार मन पर्‌यो । गीत-संगीतको पारखी तपाईबाट सुरको नयाँ-नयाँ संगममा जेलिने मौका पाउँदै छु पछिल्लो समयमा ।

    अपवाद फिल्म हेर्ने सोच आफ्नो पनि छ ।

    ReplyDelete
    Replies
    1. कैले काँही भावना कुल्बुलाउँछ, अनि यो मन उम्लिन्छ ब्लगपोस्टमा । यी फोकाहरू हेरेर रमाउनु हुन्छ, यसका लागि धन्यवाद ।
      castaway to the moon, castaway र into the wild हेर्नुभएको छ भने अपवाद नहेर्दा नै बेस, पैसो जोगिन्छ ।

      Delete

Popular Posts