तिमीसँग रमाउने, जीन्दगीको सार भयो ।
धेरै धेरै जीत अनि, अलिकति हार भयो ।।
मुस्कान छ प्यारो तिम्रो, रूपरँग नै मोहनी ।
हेर्नलाई आफ्नै आँखा, विच मारामार भयो ।।
कुडिएको मुटु मेरो, सम्हालेर राख्या थिँए ।
माया बोली तीर सरी, छाती वार पार भयो ।।
भावनाका छालहरू, कति रोकेँ कति छेकेँ ।
मदहोश भई गल्ती, मिठो बारबार भयो ।।
मनभरी राज्य तिम्रो, दुःख रम्ने ठाउँ छैन ।
खुशीमात्र बस्ने भए, आँसु अब भार भयो ।।
पूर्णे जून अस्ताएर, औंसी रात छायो किन?
हराएको मुस्कान त्यो, मुटु रेट्ने धार भयो ।।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
अनिल घिमिरे @aakarpost दिपेश कोइराला @addkali
-
मलाइ अब मातेर सहरका गल्ली बाटाहरू नाप्नलाई कसैले रोक्न सक्दैन ! निश्चिन्त छु म मेरो साँसमा तिम्रो सुवास भेटाउने 'ब्रेथलाइजर' कुन...
-
बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर "मन सागर हो" त्यसमा ...
No comments:
Post a Comment