Wednesday, December 9, 2009

मालपोतको खरदार (कथा)

एउटा सानो दुइ कोठे ढुंगाको भवनामा दुइवटा सरकारी कार्यालय र ती दुई कार्यालयका कुरूवा उनी र म । त्यही नाताले समय कटाउन हामी साथी हुनै पर्ने भयौ। जुवा, जाँडरक्सी, चुरोटको लतबाट टाढै रहेकाले हामी दुइको कुरा मिल्थ्यो । सिस्टमले ठगिएका उनी । सिधै मालपोतको नियुक्ती पत्र लिएर आए पनि हाजीर हुन नपाएका रहेछन । भुमिसुधार मालपोतमा गाभिने सरकारी निर्णयपछि चै उनको सपना पुरा हुने भयो । मालपोतको खरिदार भए उनि र हाकिमलाई रिझाइ राम्रो कमाइ हुने फाँटमा पनि खटिए । दिन फिरे उनको, कमाइ पनि असाध्य । आउने बाटो खुले पछि, जाने बाटो पनि खुल्दो रहेछ । जाँडरक्सी त बुबाको बर्खीको कारणले रोकिएको रहेछ । मालपोतको कमाइ सँगै, जाँडरक्सी, जुवातास र अन्य रमाइलो शुरू भयो । जीन्दगीमा मोज गर्नु पर्छ भन्ने उनको सिद्धान्त पनि थाहा भयो । खासै सुन्दर, हेन्डसम त भन्न मिल्दैन । पुच्च निस्केको भुँडी, होचो कद, जुँगा भन्दा दाह्रि घना, अनि हाँस्दा नमिलेको दाँत, तैपनी तरूनी रिझाउने कला जन्मजातै सिकेर आएका थिए उनले । भोटेनी, नेवार्नी, बाहुनी, क्षेत्रीनी सबै जातका केटी फसाउँन भ्याउनका थिए । कोठा सँगै भएकाले उनको रासलीलाको साक्षी हुन्थे म ।

दशैंमा घर गए लगत्तै उनले मंसिरमा विहेवारि गरि दुलही भित्त्राए । खुबै मिलनसार थिइन भाउजू । हँसिली र शुसील, बुढालाइ माया, विश्वास गर्ने । वैवाहिक जीवन राम्रो चल्दैथ्यो दुवैको । मलाइ लाग्यो, अब चाँहि सुध्रिए साथी । एक महिनाका लागि भाउजूको माइत प्रस्थान सँगै खरदार साहेबको पुरानो चर्तिकला शुरू भए । कोठामा अनुपस्थित हुन थाले, अनि होटलको वास हुन थाल्यो । भाउजू फर्के लगत्तै मेरो सरूवा भयो र म राजधानी पसेँ । पछि थाहा भयो उनको पनि काठमाडौंको मालपोत कार्यालयमा सरूवा भयो भन्ने ।

आज एक्कासि चावहिल चोकमा साथीसँग भेट भयो । त्यही रूप, त्यही जीउडाल, अनि त्यही हाँसो तर झुस्स बढेको दाह्री, फोहोर कपडा । चियाको चुस्की सँगै कुरा बढ्यो हाम्रो । "साथी मालपोतको कमाई स्याहार्दा, ज्यान स्याहार्ने पनि फुर्सत भएन?" व्यंग कसियो,जवाफमा खिस्स हाँसे उनी । "क्या हो? भाउजूले वास्ता गर्दिनन् जस्तो छ नि"अर्को व्यंग ठोकियो । तर जवाफमा हाँसो आएन । आँखा छल्किए उनका र पिडा उर्लियो आवाजमा "त्यो पापिनीको कुरा नगर साथी, विवाह अघिनै उसको प्रेम रहेछ, मलाइ छाडी उसँगै घरजम गरी बसेकी छ अहिले"उनि उठेर हिँडे र म अवाक भइ हेरीरहेँ । दोष कसको हो भनि भन्नु मैले मालपोतका खरदारलाई ।

1 comment:

  1. AAfno aangko bhainsi nadekhne arkaako aangko .........

    ReplyDelete

Popular Posts