Friday, December 4, 2009

मायाको आन्दोलन

मायाको आन्दोलन जारी छ ।
माया भन्दा रिसनै भारी छ ।।

अंहकार र मायाको द्वन्दमा ।
दुइ विच मौन जुहारी छ ।।

मनै भुलाउन खोजेको हो भने ।
फुर्सत नभा'को जानकारी छ ।।

तिमी उन्नाइस भए मपनि बीस ।
नभन्नु 'सबिन' त अंहकारी छ ।।



Thursday, October 29, 2009 at 2:30pm

1 comment:

Popular Posts