Thursday, December 3, 2009

म बहुलाएको हैन

तिमीलाइ बोलाएपनि त्यो नाम लिइ चिच्याएको हैन ।
बर्बराउँछु त्यही नाम सधैँ, तर म बहुलाएको हैन ।।

निराकार बादल माझ हाम्रो सपना बुनीबस्छु म ।
दुइ परेली भेट्नै बिर्सन्छन्, तर म टोलाएको हैन ।।

रातो रंग मायाको लाउन खोजेको मनका भित्ताहरूमा ।
रंगीननै छ रहरहरू, बजारिया रंगले रंग्याएको हैन ।।

खै कस्तो शून्यता, खालीपनले सताइरहन्छ आजकल।
एकोहोरो कल्पनामा जीउने बानी, रहरले अपनाएको हैन ।।

Sunday, September 20, 2009 at 1:56pm 

1 comment:

  1. (दिपक के. खड्काको सम्पादन )

    बोलाएको हुँ चिच्याएको हैन
    बर्बराएको हुँ बहुलाएको हैन

    दुइ परेलीबीच सपनाको पुल
    नबनेको मात्र हो, टोलाएको हैन

    भित्ता रंगिन छ तर यति जान
    बजारिया रंगले रंगाएको हैन

    आफै आएका मेरो रिक्तता भर्न
    दीवास्वपन मैले अपनाएको हैन

    ReplyDelete

Popular Posts