Thursday, December 3, 2009

चाहना उही रहन्छ ...

नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ ।
पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।।

नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी।
तिमी सँगै रात कट्ने, सपना उही रहन्छ ।।

कति माथी फहराउँ आकाशमा, रहरका चँगाहरू ।
तिमी विनाको शून्य विपना उही रहन्छ ।।

होस, वेहोस तिमी मात्र छौ जहीँ तहीँ ।
एकान्तमा साथ पाउने वाहाना उही रहन्छ ।।

Tuesday, August 18, 2009 at 12:13pm 

No comments:

Post a Comment

Popular Posts