Wednesday, December 31, 2014

नयाँ वर्ष (कविता)

क्यालेन्डर चिथोरेर भित्तामा हेर
फेरी एउटा बिहानी उदाएको छ
फरक दिनको उस्तै बिहानी हो
या फरक दिनको नयाँ कहानी हो

सिरक भित्रैबाट हात तन्काएर
झ्यालका पर्दा उघारी पूर्वी आकाश हेरेँ
कुहिरोमा निस्सासिँदै सूर्य लुकेकै छ

क्यालेन्डरको बिहानीले न्यानो नहुने रहेछ ।

No comments:

Post a Comment

Popular Posts