Friday, January 2, 2015

अचार (कविता)

चट्ट मिलाएर टुक्रा पारिएको सिन्कीमा
अलिकति बेसारको सुनौलो रङ्ग
अलिकति नूनको टर्रो तरङ्ग
अलिकति खुर्सानीको आगो
अलिकति तोरीको चिप्लो
सबै मिसाएर पारिलो घाममा सेकाएपछि
पारदर्शी शिशीमा कैद हुन्छ
रङ्गीन अचार!

तिमीले दिएको अचारको शिशी
खोलेर चाख्छु हरेक दिन अलिअलि
यो अनौठो स्वादसँगै
आजकल जिन्दगी
हरेक दिन बडो स्वादिलो हुँदै गएको छ




pic courtesy: zappylily.blogspot.com

2 comments:

Popular Posts