Tuesday, July 12, 2011

अटेरी मन (गजल ४३ )

पाईलालाई के थाहा छ र बाटो कहाँ जान्छ ।
यो त लाग्छ त्यतै तिर जता मनले लान्छ ।।

हिँड्दा हिँड्दै कदम मेरा अँधेरीमा अल्झे ।
उजेलीको आशा मारी थाक्न कहाँ मान्छ ।।

सुस्ताएका बटुवाको कुरा सुने हुन्थ्यो ।
अटेरी मन आफ्नो राजा आफूलाई नै ठान्छ ।।

जता गयो सपनाको ताँती पछि पछि।
आँखा चिम्ली हिँड्ने बानी ठक्कर अनेक खान्छ ।।

२०६७।०७।०१ आईतबार , एकादशी

No comments:

Post a Comment

Popular Posts