Tuesday, July 12, 2011

गजल-48

निभाएर सेलाई दे मनको त्यो दीप तेरो
किन जल्छस् तँ? जब मेट्नु छैन अँधेरो

डेरा गरी ग्रहण बसेपछि घरमा
हुन्न रैछ उज्यालो पोतिएर कमेरो

बाटो तैँले खनेको कहाँ पुग्ने तँ नै जान
कहाँ भन्छ यात्राले बाटो भयो अप्ठेरो

धर्ती सारा नापेर सागरमा मिल्नु छ
उर्लिएर नाघी हिंड् तँ ! दहको यो घेरो

-19 मँसिर 2067

No comments:

Post a Comment

Popular Posts