Tuesday, July 12, 2011

लत्रियो डाली (गजल - 45)

चिरा चिरा पर्दै सुक्यो, लत्रियो त्यो सोझो डाली ।
फुलाउन चाहेको छ अझै कोमल फूल खाली ॥

बसन्तको मौसम गयो बाँकी मात्र तुषारो छ ।
पर्ती भयो धर्ती अब फल्ने हो र कुन बाली ॥

हृदयको संगीतले त्यागी सक्यो सुरताल ।
सुमधुर बज्छ अझै तर एक हाते ताली ॥

शिकारको मोह गरी पासो थपि बसेको छ ।
गोली गठ्ठा बिना रित्तो सोझिएछ दुइ नाली ॥

घाम एकै न्यानो एकै बिहान र साँझ एकै ।
पश्चिमको क्षितिजमा अझै पनि छ प्रेम लाली ॥

Saturday, November 13

No comments:

Post a Comment

Popular Posts