Tuesday, July 12, 2011

रमाइलो गजल

जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ ।
नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।।

दिकदार लागेर म फँडानी जो गर्न खोज्छु ।
भन्छिन् उनी केटा तेरो पहिचान हराउँछ ।।

भन्छिन् फेरी उनैले पो नजिक धेरै नआउ तिमी ।
तिम्रो झुसे बारीले नि मलाइ साह्रै सताउँछ ।।

कोही बने योगी भने, कोही चाँही आतंककारी ।
यसैले त होला शायद, मान्छे अलग बनाउँछ ।।

May 12, 2011

2 comments:

Popular Posts