Friday, November 3, 2017

त्यो भोली आयो

हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनुपर्ने हो तर झनै पहिलेको पीडा सम्झेर मन तर्सिदिने । सम्हाल्नै गाह्रो । धन्न निद्रा चैं लाग्छ र त सुतुन्जेल आनन्द हुन्छ ।

बिहानै झिसमिसेमा निद्रा खुल्नेगर्छ । पूरै जागा हुनुभन्दा पहिलेका केही घन्टा बडो तनावपूर्ण हुन्छ । मन छटपटी रहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । के यथार्थ हो, के भ्रम हो छुट्ट्याउन नसकिने । तर बिहान भएपछि धेरै कुरा ठीक हुन्छ । घाममा जादू छ । अँध्यारो हटाउँछ । हुन त घाम नहुनु नै अँध्यारो हो । अँध्यारोमा घाम देख्न सक्नु पर्ने रहेछ । आराम हुन्छ । 


मलाइ ल्याङ ल्याङ मनपर्दैन । सिधा कुरा, सिधा काम । नौटङ्की पनि रूच्दैन । स्पष्ट कथन, स्पष्ट व्यवहार । आनन्दले नौटङ्कीमा फँसायो । रेडियो नाटकमा एउटा पात्र बनिदिनुपर्ने भयो । अवधीमा बोल्नुपर्ने भएकोले नाइँ भन्न मनलागेन । एक कोशिश त पक्कै गर्नुपर्छ । गइयो, बोलियो, भ्याइयो । राम्रो, एकदम राम्रो भयो भन्न सक्दिन तर ठिकै भयो । धेरैपछि अवधी बोलियो । मजा लाग्यो ।

आजै अनिलको भिडियो पनि आयो । सम्पादन भएर आएको अन्तिम श्रव्यदृश्यमा चित्त बुझेन । तर मैले चित्त नबुझाएर अब के गर्नु? लिरिकलका लागि फोटो खिँच्न पसेको थियौं गर्दागर्दै भिडियो भइसक्यो । मुख्य कुरा के भने भिडियो बनाउन एकपैसा पनि खर्च गरिएन । उत्पादन खर्च भनेको जम्माजम्मी २० खिल्ली चुरोट थियो । केटाहरूले उसैपनि चपाइ हाल्थे । हर्कदाइको सहयोग अविस्मरणीय छ । सुजता मख्ख छे उसको भिडियो आयो भनेर । अर्को पालि अनुहार पनि आउँछ है, नरिसाए ।

सनुप दाइले गज्जब गाउँछन् । कल्याणले सङ्गीत पनि मलाइ मनपर्ने खालको गरेको छ । सुशान्त मेरा लागि सर्वोत्तम अभिनेता भयो । गिटार बजाएर मुख चलाउन नदिइ गीत गाउन लाउँदा उसका अनुहारमा आएका भाव गीतसँग गज्जब मेल खाएका छन् । गीत राम्ररी बुझेको छ, मनपराएको छ उसले । देखिन्छ स्पष्ट ।

अनिलको लेखन मनपर्छ मलाइ । कैलेकाँही गुरू भइ टोपलिन पनि पाइन्छ । धेरैजसो पहिलो पाठक हुन पाइन्छ । दीपकजीले भन्थे साथीभाइ बीच एकअर्काको रचनाबारे आलोचनात्मक छलफल हुनुपर्छ । हामी गर्छौं, लेख्न एकदम सजिलो पनि हुन्छ र नतीजा चित्तबुझ्दो पनि हुन्छ ।

अर्को चोटी धेरै कुरा सुधार्नु छ । क्यामेरा चलाउन सिक्नु छ । टन्नै फुटेज बटुल्नु छ । सफरदाइलाइ कति सकस भयो होला, बुझ्न सक्छु । उनि धन्यवादका पात्र हुन् । साथ सदा रहोस् । आजदेखि मनिषले ल्याङ गर्ने छैनन् ।

त्यो भोली आयो ।



No comments:

Post a Comment

Popular Posts