
घरपरिवार बिहे गर्न बारम्बार प्रस्ताव राख्ने, उ भने बारम्बार प्रस्ताव सार्ने । द्वन्द्व चलि नै रह्यो र उत्सर्ग तिर बढ्दै थियो । यस्तै एकदिन घरका मान्छेले घेराबन्दी गरे उसलाई ।
"हैन बिहे नगर्ने?"
उसले कुरा टार्न खोज्यो " अँ.. गर्ने "
"गर्ने भए गरिहाल् न त, पढाई सकियो, जागिर पक्का भयो, उमेर ढल्किँदो छ, केलाई कुरिराछस् त"
"केहीलाई पनि कुरेको होइन, मलाई बिहे गरुँ जस्तो लाग्यो भने भनिहाल्छु नि तपाईँहरूलाई .. कति किचकिच गर्न सक्नु भएको होला के तपाईँहरू"
"हैन..बहाना नपार त...कि तैलें मन पराएको मान्छे छ भने भन्, हामी हेरि कुरा ..."
उसले बिचमै कुरा काट्यो "त्यस्तो कहीँ कोही छैन, यो लभसभको चक्करमा चैं म छैन"
"अनि त्यसो भए हामीले हेरेको केटी मध्ये एउटा छान् न त..."
उ एकछिन केही बोलेन...सोची रह्यो । हतारोमा प्रेमिका नभएको स्वीकार गरिसकेपछि झनै फँस्यो उ । अब त रोजिएका मध्येबाट एउटा रोज्नै पर्ने भो ।
"के सोच्दैछस् तँ? जवाफ दे हामीलाई...हामीलाई पनि बुहारी चाहिएको छ...कति कुराउँछस् हँ?"
अब उ गम्भिर देखिँदै थियो । एकछिन सोच्यो अनि बोल्यो "ल ठिक छ म बिहे गरुँला..हजुरहरूले भनेकै समयमा...तर केटीप्रति मेरो केही शर्त छ । मैले भनेको कुराहरू केटीमा देखियो भने म बिहे गर्छु..."
राहतको साँस फेरे सबैले, आखिर बिहे गर्छु त भन्यो केटोले, उसले भनेको गुण भएको केटी कसो नपाईएला र?
"पहिलो कुरो... 'सिरियल' हेर्ने खालको केटी हुनु भएन"
सबै केटी कहाँ त्यस्तै हुन्छन् त? सिरियल नरूचाउने केटी भइहाल्छन् नि
"ए..त्यती जाबो..ल हुन्छ"
"दोश्रो कुरा... पूजा गर्ने, धर्मकर्म् गर्ने, व्रत बस्ने खालको हुनु भएन"
अब यत्रो संसारमा एउटा नास्तिक केटी नपाइला त?
"हुन्छ यो पनि ठिक छ"
"अनि तेश्रो शर्त... ऐनामा हेरेर मख्ख पर्दै 'म राम्री छु' भन्ने भ्रम पाल्ने खालको केटी हुनु भएन"
सबै अवाक् भए । उसको तेश्रो शर्तले घरका सबै नारी सोचमग्न भए...
उसको आमा अलि अगाडी आइन्, उ सँग आँखा जुधाएर भनिन्
"बाबु !! तँलाई केटी नै चाहिएको हो नि?"
...............
Aafnai pida sarlakkai utaare gaathe yinle
ReplyDeleteहो भन्या, उमेरका सबै ठिटाको वेथा यस्तै हुन्छ नि :)
Deleteकथाको लम्बाई नापेर मात्रै पढ्ने म जस्तो पाठकलाई काइदा लाग्ने कथा रच! पढ्दै जाँदा आफ्नै बिगतहरुले नि उप्किए। "बाबु !! तँलाई केटी नै चाहिएको हो नि?" मा कथा सकिदा म त एकछिन अलमलिएं! यसो फोटो हेरेसी कुरा बुझे बुझे जस्तो भो!
ReplyDeleteधन्यवाद :)
Deleteगजब ।
ReplyDeleteधन्यवाद ।
Deleteएन्डीइंग चैं खतरा लाग्यो !!
ReplyDelete