जिन्दगी चल्दो छ । चल्नुको नाम गाडी । चल्नुको नाम जिन्दगी ।
खै कसले पैसा बनायो । बनाउने बेलामा त राम्रै सोचेर बनाएथ्यो होला, तर अहिले पैसाको श्रृजना गर्ने आफैले पनि माथीबाट हेरिरहेको भए,आफ्नो श्रृजनालाई धिक्कार्दै होला । अप्पनहाइमरलाई पनि त परमाणु बम बनाएकोमा खुशि त लागेको रहेनछ । पैसा सबै थोक हैन, तर पैसा धेरै थोक हो । अझ्झ पैसा केही होइन, रूपैँया धेरै थोक हो । रूपैँयाले नै जिन्दगी चलाउने रहेछ । हैन,हैन !रूपैँयाले जिन्दगी चलाउने हैन । रूँपैया भएन भने चैं जिन्दगी नचल्ने रहेछ । खुशि, हाँसो, वस्तु, अन्न, मनोरञ्जन सबै विक्री हुन्छन् र ती विक्रीको विनियमयको माध्यम रूपैँया हो ।
माया किन्न सकिन्न रे । प्रेम रूपैँयाले किन्न सक्दैन रे । खुशि चैं किन्न मिल्छ कि जस्तो लाग्न थालेको छ । संसार भुलेर संगीतमा डुब्ने माध्यम दुइ छन् अहिले मेरा लागि, एक मोबाइल, अर्को हेडफोन, अनि अर्को एउटा बडेमानको ब्लुटुथ स्पीकर । मोबाइल किनेको हो, हेडफोन उमेशले कोसेली दिएको, ब्लुटुथ उमेशले अमेरिकाबाट आउँदा ल्याइदिएको । औहौ, उमेश भन्ने साथीले मेरो स्वाद बुझ्छन् । ती दुइ उमेशहरू फरक हुन् है । एक उमेश सत्याल, अर्को उमेश आचार्य । मनका कुरा बुझ्ने साथीहरू !
जिन्दगी चल्दा चल्दै रूपैँयाको अभाव भयो भने के गर्ने? फ्याट्ट दिमागले भन्छ, बाउ सँग माग्ने । त्यो सहुलियत मसँग छैन । अनि सम्झेँ साथीहरू! मेरा साथीले मसँग पैसा मागे भने त म खल्ती टक्टकाएर दिन्छु । मलाई भयङ्कर अभाव भयो भने साथीलाई नै भन्छु । साथीले पक्कै दिन्छन् । नदिइ सुख । तर केही साथीले मसँग लगेका पनि छन् । परेका बेला एकवचन दायाँबायाँ नसोची, लु जा त भनेर पैसा दिएका साथीहरूले मलाइ कति मान्दा हुन्? मलाई चाहिँदा किड्नी बेचेरै पनि देलान् नि ।
ईस्स! दिएका दियै हुन् । दशौं पटक अनुनय गर्दा पनि पैसा दिँदैनन् । लु मानौं कि छैन होला । तर आफ्नै अगाडी गाडी फेरेको, व्यवसाय बढाएको देख्दा पैसा छैन भनेर कसरी मान्नु? शायद साथीको पैसा तिर्नु उसको प्राथमिकतामा परेन । कि म साथीमा परिन । यि दुवै कुरा हुन सक्छन् । यी दुवै कुरा मध्य कुनै एक भएपनि चित्त दुख्छ । चित्त दुखे त केही छैन, पैसा चैं आउनु पर्ने । चित्त दुखेको त समयले निको पार्ला, तर पैसा नभएको पीर समयले निको पार्दैन, झन् बढाउँछ ।
उधारो, सापटी लिनेको नाम सम्झदैँछु । कोही फिल्म बनाउँदैछन्, फिल्म रिलिज हुने क्रममा छ । शुभकामना भन्नु छ । कसैको फिल्म रिलिज भएर हिट पनि भइसक्यो । भुवन केसीले बक्स अफिस लागू गर्देका छन्, कति कमायो फिल्मले थाहा हुँदैछ । अर्को साथी फिल्म बनाउन सिक्दैछ । अर्को साथी विदेको भिसा कुर्दैछ । अर्को साथी कहिले जिन्दगीको चिठ्ठा पर्ला कि भनेर थरिथरिका चिठ्ठा ट्राइ मार्दैछ । एउटाले इलेक्ट्रिकल साइकल दिन्छु भनेर सापटी लग्यो, बेपत्ता भयो । तुलाचन भनेका थकाली हुन् अरे । थकालीहरू बेइमान् हुन्नन् भनेर एकजना गोर्खाली दाजुले सुनाउँदै थिए । काली बेइमान् हुन्नन्, बाहुन पनि हुन्नन् । ढकाल, पाण्डे, गौतम, कोइराला, थपलिया, अग्रवाल, गुप्ता कोही पनि बेइमान हुन्नन् ।
मान्छे बेइमान हुन्छ । ती बेइमानका इमान जाग्ला र कुनै दिन त तिर्लान् भनेर कुर्दैछु ।
मेरो जिन्दगी चलिराछ, रोकिया छैन । रूपैँया नभएर जिन्दगी कठिन भएको छैन, असहज चै छ । दिनेले देलान्, फिर्ता दिनेले देलान् । तर साथीले पक्कै दिन्छन् । नदिने त साथी नै भएन नि ।
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
- लक्ष्मण गिरी (तिलौराकोट, कपिलवस्तु +२ पढ्ने ताकाको कुरा हो। क्यालेन्डरमा वि.स. २०५९ चैत्र थियो । १० कक्षासम्म कृषि पढेको थिएँ । सामान...
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
तिम्रो मेरो बिचको दूरी हामी एक साथ तरौँला अलिकति तिमी झर्नु अलिकति म चढौँला लामो यात्रा जीन्दगानी सँग सगै लागौँ हामी अलिकति तिमी सुस्ताउ अल...
-
पिडा भए गजल लेख, दुख परे गजल लेख । खुशीहरू मनबाट, पर सरे गजल लेख ।। निर सागर जोर मार्छ कोशिश गरी सम्हाल्नु है । छल्किएर आखाँ बाट तल झरे गज...
No comments:
Post a Comment