बल्लतल्ल राती अबेर थेसिस प्रस्तावना सक्काइयो । फेब्रुअरी १८ मा अहिलेसम्मको प्रस्तुतीकरण गर्नुपर्ने मिति तोकिएको छ तर आफूले सिन्कोसम्म भाँचिएको छैन । दिमागमा धेरै कुरा छन् तर त्यसलाई चट्ट मिलाएर तार्किक क्रमवद्धतामा उन्न सकिएको छैन । तर जे होस् केही त काम देखाउनु पर्यो, नत्र प्राध्यापक महोदयले हुर्मत लिन्छन् । ईमेलमा प्रस्तावना सँगै भेटघाटको समय पनि मागियो । साथै शुक्रवार यो प्रस्तावना स्वीकृत गर्ने अन्तिम दिन हो भनेर समेत सम्झाइयो ।
६ बजे सुतेको मान्छे १० बजे नै निद्रा खुल्यो, अर्धचेतन दिमागले पहिलो काम ईमेल हेर्नुपर्छ भन्यो । छेवैमा रहेको ल्यापटप खोलियो र ईमेल हेरियो । एउटा मात्र नयाँ ईमेल रहेछ त्यो पनि प्रोफेसरको नै ।
ईमेलमा छोटो सन्देश थियो । "Proposal seems ok. Drop by my office at 11.30 AM" ।
ला बर्बाद ! हत्त न पत्त उठियो । नुहाइ धुवाइ गरियो । महिनाको एकपटक खुर्किने दाह्री एकहप्ता पुरानो नहुँदै ताछियो । छात्रवासको लबीमा रहेको कम्प्यूटरबाट हतार हतार प्रस्तावना छापियो । यति गर्दा गर्दै बिहानको ११.१५ भईसकेको रहेछ । कोरियाका प्राध्यापकहरू समयको एकदम पक्का हुन्छन् । एक मिनेट पनि ढिलो भएको रुचाउन्नन् र ढिलो हुनु भनेको आफ्नो छवि खराब बनाउनु हो भनेर कोरियामा पाईला टेके देखि नै सुन्न परेको छ, अब नकुदी भयो त?
हिँड्दा २० मिनेट लाग्ने बाटो कुद्दा त ५ मिनेट पनि नलाग्दो रहेछ । लिफ्ट चढ्न कुर्न सट्टा भर्याङ्ग उक्लन सजिलो लाग्छ मलाई, पाँच तल्ला चढ्दा त साँस फेर्न नि मुश्किल हुँदो रहेछ । प्राध्यापकको कार्यकक्ष अगाडी पुगेर घडी हेरेँ, ठिक्क ११.३० बजेको रहेछ । लामो साँस फेर्दै, आफ्नो काँधमा आफैले धाप मारेँ...ठूलै काम गरिस् एक्तारे ! ढोका ढक्ढक्याउन हात बढेको मात्र थियो, ढोका माथीको सानो झ्यालमा अँध्यारो देखेँ । अर्थात भित्र बत्ती बलेको छैन, अर्थात गुरुबा पाल्नु भएको छैन । ल राम्रो ! अब उनी ढिलो, म चाँडो...।
अब कुर्नुको उपाय रहेन । लगभग १५ मिनेट पछि करिडोरको अर्को कुनामा साथी टियारा झुल्किइ । उसलाई मैले ईमेल हेर्ने बित्तिकै काकाओ (कोरियन मोबाइल मेसेन्जर एप)मा खबर पठाएको थिएँ कि ११.३० मा समय पाइयो भनेर । उ आफ्नो दूतावास (इन्डोनेसिया) मा राहदानी नवीकरण गर्न गएकी थिइ, काम बीच मै छोडेर आइछ । दुईजना भएपछि समय कट्न त सजिलो हुने नै भयो सोचियो ।
अब करिडोरमा बस्ने ठाउँ भएन, भुइँ मै थचक्क बस्यौ दुवै । अनि उही प्राध्यापकको कुरा काट्न थाल्यौं । कुरा गर्दा गर्दै १२.१५ भईसक्यो, गुरुबा झुल्किन्नन् । फोन गरुँम भनेर टियारालाई सोधेँ, उसले नगर भनी । अब सिधै फोन् गर्दा के सोच्ने हुन् बुढाले, बरु इमेल नै गरुम् ठिक होला भनि । त्यसो भए १२.३० सम्म कुरम् अनि ईमेल लेखुँला भन्ने सहमती भयो । तर गुरुबा १२.४५ सम्म पनि झुल्किएनन् । अब त लेख्नै पर्यो । अलि नरम भाषामा लेख है भनि टियाराले । हुनपनि हो, अँग्रेजी फिल्म हेर्दै सिकेको अँग्रेजी अलि ठाडो नै हुन्छ । "Dear Professor, Please let me know if you'll come to your office anytime today" कुरा मिलाएर लेखियो ।
अनि दुवैजना खाना खान तिर लागियो । खाना खाउन्जेल पनि ५/५ मिनेटमा मोबाइलमा ईमेल हेरियो । तर गुरुबाको जवाफ आएन । खाना खाईवरी चिया पिएर एकघन्टा बात मारिसक्दा पनि गुरुबाले जवाब दिएनन् । अब त रीस पनि उठ्न थालिसक्यो, कति हेपेको यार !!
आखिरमा ३.०० बजे मोबाइलमा इमेल आएको घन्टी टिरिङ्ग बज्यो । गुरुबाको नै रहेछ सन्देश । यस्तो लेखिएको थियो
"I am out of town. Tomorrow is the only day you can meet me. Let me clarify: Feb7, 11:30am."
हरे !! बुढाले त शुक्रवार ११.३० पो भनेका रहेछन् पहिलो ईमेलमा । हामीले बिहीबार भन्ठान्यौं , अनि कुर्यौं । तर गल्ती त ती गुरुबाको नै हो, ११.३० भनेर समय दिएपछि दिन खुलाउनु पर्दैन??
टियारा भन्दै थिई यी बुढाहरूलाई झन् प्राध्यापक भनेर सम्मान दियो, झनै हेप्ने । अबदेखि यस्तो सभ्य, नरम पाराले ईमेल नलेख तँ । ठाडै भन्, तैले मिति लेखिनस् र हामी कुर्दैछौं भनेर...
अनि मैले पनि ईमेल धस्काएँ
"Sorry Professor, you didn't mention the date in your previous email. I thought it was today and I was waiting for you since 11.30 AM. I'll be on time tomorrow.
See you!!"

At least your professor wrote you an email with wrong day and time.. My professor send me someone else email saying its for you.. So that happens..
ReplyDelete