सुख दुःख अथाह यो बोकी हिँड्ने छाती छ
छाती भित्रै भरिएको हावा भने भारी छ
विहानीको रंगमा नि छैन कुनै उमंग
निधारको पसिनामा उसै पनि लाली छ
देख्नेले त हिलोमा नै कमल देख्छ फूलेको
धमिलेको आँखालाई चन्द्रमा नि दागी छ
खस्यो कठै ! बचेरो त्यो गुलेलीको प्रहारले
उसलाई लाग्थ्यो अझ आकाश नाप्न बाँकी छ
संसारको रित फेर्न रोक्यो छेक्यो कसले
जञ्जिर बेडी खोल अब हातमा नै चाभी छ
२२ असार २०६८
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे, सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ । १५ असार, २०६८
-
बिहान बिहानै च्याप्प यो मौसमलाई समाती तिमीमा घोलेर स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ आज यो मन अलि न्यानो बनाउनु छ
No comments:
Post a Comment