Wednesday, July 27, 2011

सकिएन (गजल - ६०)


नजरबाट आयो प्रस्ताव फर्काउन सकिएन
जितिन्छ कि हार हुन्छ ठम्याउन सकिएन

कुनै स्वप्निल संसारको झल्को थियो नयनमा
टुटेपछि साघुँ विचको रमाउन सकिएन

झन् उज्यालो देखिन्छु रे ! भन्छन् जून छ म भित्र
दिलभित्र राख्दा पनि लुकाउन सकिएन

आसुँको नि स्वाद लिन्छु भन्दा मुख खुम्चियो कि?
मनको तुस नमिसाइ बगाउन सकिएन

No comments:

Post a Comment

Popular Posts