आजको बन्दमा जसरी भएपनि अफिस जाने जाँगर चल्यो । तर अफिस पनि कम्ती टाढा छैन, भक्तपुर सल्लाघारी देखि महाराजगञ्जसम्म १५ किलोमिटर भन्दा बढीको दुरी पैदल तय गर्नु पर्ने बाध्यता थियो । तैपनि क्यामेरा बोकेर हिँडे , बाटोमा देखिएका दृश्यहरू कैद गर्दै । लगभग ५ घन्टाको सल्लाघारी-कोटेश्वर-बानेशवर-मैतिदेवि-ज्ञानेश्वर-नक्साल-महाराजगञ्ज यात्राका क्रममा देखिएका केही दृश्यहरु
 |
बन्द भन्ने थाहा हुँदा हुँदै किन आएको, फोड्दिउँ?
स्थानः सल्लाघारी |
 |
फुटपाथमा बाइक डोर्याउदाँ नि मौन ट्राफिक र प्रहरी दस्ता
स्थानः सल्लाघारी चोक |
 |
कता जानु अब?
स्थानः सल्लाघारी |
 |
राजधानी मै हाइकिङ्गको मजाः
स्थानः राधे राधे धाम |
 |
ठिमी चोक |
 |
बन्दकर्ता बाच्छाहरू, पक्कै बाहुन क्षेत्री हुन पर्छ ः
स्थानः ठिमी चारदोबाटो |
 |
जेष्ठ १२ पछि किस गर्न पाउनु हुन्न, अहिले जे गर्नु छ गरी हाल्नु
स्थानः चारदोबाटो |
 |
हुइँक्या कान्छा हुइक्या, यही हो मौका
स्थानः गठ्ठाघर उकालो |
 |
आनन्दको जागिर
स्थान गठ्ठाघर चोक |
 |
एक्लो यात्री
स्थानः कौशलटार |
 |
सुनसान कौशलटार |
 |
गुडाउन नपाएनी, डोर्याउन त पाइयो नि
स्थानः कौशलटार चोक |
 |
फोडिदिउँ कि फर्काउने
स्थानः कौशलटार चोक |
 |
आज हाम्रो कब्जा
स्थानः कौशलटार चोक |
 |
साह्रो घाम भयो गाँठ्ठे
स्थानः कौशलटार |
 |
उकाली ओराली
स्थानः लोकन्थली |
 |
फोटोसेसन
स्थानः लोकन्थली |
 |
बन्द भनेको मात्र गाडी बन्द हो
स्थानः जडिबुटी |
 |
आत्था, घाम लाग्यो
स्थानः जडिबुटी |
 |
लौ न हतार भयो...
स्थानः जडिबुटी |
 |
सुर्ती माडेर बलराम...
स्थानः जडिबुटी |
 |
आज छुट्टी, अनि बन्द
स्थानः जडिबुटी |
 |
दाजु उता बन्द छ??
स्थानः जडिबुटी |
 |
जिन्दगीको भारी
स्थानः जडिबुटी |
 |
पत्रिकाको लागि पोज
स्थानः जडिबुटी
|
 |
बैनीको पनि फोटो चाहियो
स्थानः जडिबुटी
|
 |
बन्दकर्ता र अवहेलनाकर्ता...ढाडमा एक दनक चै खाइन नानीले
स्थानः जडिबुटी
|
 |
कुंगफु पन्डा
स्थानः जडिबुटी
|
 |
आजको सवारी
स्थानः कोटेश्वर |
 |
भोका र थकित ग्राहकको पर्खाइमा
स्थानः कोटेश्वर |
 |
आज हाम्रो दिन हो
स्थानः कोटेश्वर
|
 |
बन्दको दिन गाडी चलाउने??
स्थानः कोटेश्वर
|
 |
भारी बोकि पुग्नु छ कहाँ..बन्द न सन्द
स्थानः कोटेश्वर
|
 |
सुनसान तिनकुने |
 |
बन्द व्यापार |
 |
फुर्सदको समयः रिल्याक्स |
 |
अशान्त शान्तिनगर |
 |
अखन्ड नेपालको लागि आन्दोलन |
 |
सन्देश चर्को छ
स्थानः नयाँ बानेश्वर |
 |
सुनसान बानेशवर |
 |
काममा व्यस्त
स्थानः बानेश्वर |
 |
कोणसभाः बानेश्वर |
 |
युवा नेताको भाषण
स्थानः बानेश्वर |
 |
मैतिदेवी |
 |
गर्मी लाग्यो की?
स्थानः मैतिदेवी |
 |
बाबाजीको डेरा सर्ने साइत
स्थानः मैतिदेवी |
 |
बाटो घेराउ कार्यक्रम
स्थानः मैतिदेवी
|
 |
सवारीसधान विना सुनसानः मैतिदेवी |
 |
हिजो नेपालले जितेको होइन?
स्थानः मैतिदेवी
|
 |
भ्यार्भयारेलाइ बन्द न सन्द
स्थानः डिल्लीबजार |
 |
आज नि के को वान वे
स्थानः ज्ञानेश्वर उकालो |
 |
म फुलिरहन्छु बन्द न खुल्ला
स्थानः नक्साल |
 |
भाटभटेनी |
 |
व्यस्तता |
 |
बन्द भएनी काम त हुन पर्यो नि
स्थानः भाटभटेनी |
 |
यात्रा गन्तव्य तिरको
स्थानः बालुवाटार |
 |
एकछिन तमाशा हेरुँ न
स्थानः बालुवाटार |
 |
आज त म पनि कुदाउँछु बाटोमा
स्थानः बालुवाटार |
 |
प्रतिक्षा, खोइ कसको?
स्थानः महाराजगंज |
 |
खाली खाली बाटो
स्थानः महाराजगंज |
 |
कुर्सी मोह त्याग
स्थानः महाराजगंज |
जे जस्तो उद्देश्यले आव्हान गरिएको भएपनि बन्दले कुनै पनि पक्षलाइ लाभ हुँदैन । दुइ पक्षको विचमा पिल्सिने सर्वसाधारण नै हुन् ।
बन्द मूर्दावाद !! बन्द मूर्दावाद !!
good photography with nice caption!!!
ReplyDeletegreat job! keep it up!!
ReplyDeleteगजबका लागे फोटा ।
ReplyDeleteफोटोको विविधताले तपाईंले यी फोटा खिच्दा चालेका कदम र तनावको याद भएन ।
बन्दविरुद्धको एउटा स्वर मेरो पनि ।
haha daammi fotaa...halka idea vakaa mun6e hun k yi, taivara ta ma blog her6u sittaimaa ;)
ReplyDeleteगज्जब !
ReplyDeleteबन्द आफैलें हिँडेर देखे जत्तिकै भयो ।
ReplyDelete