शिर्षकमा नजानु होला, यो शिर्षकले हाम्रो राष्ट्रको जल्दो बल्दो विषयलाइ सम्बोधन गरेको छैन । यो त म निरिह जनताको एउटा सानो दुःखको सानो कथा हो ।
मेरो ज्यूबाजे र हजुरबाले तराइको एउटा जिल्लाको एउटा गा.वि.स.को लगभग एउटा सिंगै वडा नै आर्जेका थिए । साम, दाम, दण्ड, भेद के के प्रयोग गरी कसरी आर्जे मलाइ थाहा भएन । तर हजुरबाको मुखबाट जग्गा आर्जेको गौरवगाथा चै खुब सुन्न पाइन्थ्यो । कसरी आफ्नो जग्गा जमिन तीन गाउँ फैलाएको भन्ने कुरामा खुब गर्व गर्थे हजुरबा ।
मेरो बुवाले अन्तरजातिय विवाह गरेका कारण हजुरबा र बुवाको सम्बन्ध राम्रो रहेन । आमा र बुवा घर जानु भएको कहिले रूचाउनु भएन वहाँले । म नाती भएकोले होला मलाइ चै माया गर्नुहुन्थ्यो । बुवाले पनि बाँचुन्जेल घरबाट केही लिनु भएन । बुवा र आमा एक्लैको बलबुतामा परिवार चलाउनु भयो, हामीलाइ हुर्काउनु भयो ।
बुवा बित्नु भएपछि भने अंशको कुरा आयो । बाजेले अंश दिनै मान्नु भएन, मैले पनि माग्न गइन खासै आवश्यकता पनि परेको थिएन । त्यसपछि हजुरबा पनि बित्नु भयो । परिवारमा अलि आर्थिक संकट पनि छाउन थालेपछि चै मलाइ मेरो पुश्तैनी हकअधिकार पाउनु पर्छ भन्ने चेतना जागृत भएर आयो । म मेरो एकसूत्रिय माग राखेर काकाकहाँ पुगेँ । मेरो माग ठाडै अस्विकार गरी विखण्डनकारीको दर्जा दिए तिनले । यत्रो वर्ष त्यो जग्गा र घरका लागि केही नगरेको, अनि बुढा मरेपछि भाग खान आएको भनि ठाडो आरोप लाग्यो । मैले ठाडो प्रतिवाद गरेँ, घरमा बस्न नदिएर, हकअधिकार र कर्तव्य केही पनि नतोकेको हुनाले घरपरिवारका लागि योगदान दिन नपाएको गुनासो गरेँ, तर काका मान्नु भएन ।
अब राज्य र कानूनको सहारा लिनै पर्ने भयो । मैले जिल्ला प्रशासन कार्यालयमा उजुरी दायर गरेँ । दुइवटा पेशी पछि काकाले वार्ताका लागि बोलाए । वहाँको अखण्डताको जिद्दी कायमै थियो तर अलिकति लचिलो देखिए । जग्गाबाट हुने उत्पादनमा वर्षको एकचोटी भाग दिने र मैले पनि खेतीपातिमा लगानी गर्नुपर्ने शर्त अगाडी सारे उनले । लौ त नि, काका नै हुन्, आफ्नै बाबुको रगत भनेर मेरो मन पग्ल्यो । मैले स्वीकारेँ । तर काकाको त्यो हक अधिकार दिने नाटक मात्र रहेछ । उनले मलाइ लगातार दुइ वर्ष नाममात्रको अन्न दिए । मैले ताकेता गर्दा "हुन्छ नि, पछि दिउँला""अहिले छैन" "यत्ती त हो" आदि इत्यादी अनेक तर्क गरेर टारे ।
अत्ति नै भएपछि म चै निर्णायक आन्दोलनमा उत्रिएँ । सिधै एउटा वकिल दाइको सल्लाहमा जिल्ला अदालतमा मुद्दा हालेँ । अन्ततः केही वर्षको अथक भिडन्त र चर्काचर्की पछि श्रीमान् न्यायाधिसले मेरो पक्षमा फैसला गर्नुभयो । हजुरबाको अखण्ड सम्पत्ति समानुपातिक रूपमा संघियतामा गयो । मैले मेरो पैत्रिक सम्पत्तीमा स्वच्छन्द रूपमा भोग चलन गर्न पाउनेँ भएँ ।
हालको अवस्थामा काकाको अखण्डताको दम्भ, वहाँकै छोराहरूले टेरेनन् । दुइ टुक्रा पारिसकेछन् । मेरो भागको संघिय पैत्रिक सम्पत्ति चै म हाल बसोबास गरिरहेको ठाउँ (काठमान्डौ उपत्यका) स्थानान्तरण गरिसकेँ र निर्धक्क सँग भोग चलन गर्दैछु ।

मेरो हजुरबाले आर्जेको २० बिगाहा अखण्ड हुनुपर्छ भनेर मेरो काकाले बडो जोडदार जिद्दी राखे । सोझो तरिकाले हक नपाउने देखेपछि म पनि कडा रूपमा संघर्षको मैदानमा ओर्लिएँ । मैले कडा चेतावनी साथ बोलचाल समेत बन्द गर्दै कडा आन्दोलनका संकेत गरेँ । नातागोता, छरछिमेकी सबैकहाँ दौडाहा गर्दै छलफल गरियो । सबैले एकै स्वरमा म काकाबाट पिडित भएकोले कडा आन्दोलन गर्नका लागि उत्साह दिने कार्य भयो । अन्तिम चेतावनी स्वरूप मैले काकालाइ भेट्न गएँ, तर वहाँको उही अडान कायम नै थियो । बरू कुरा यो भन्दा अगाडी बढाए मलाइ परिवारद्रोही घोषणा गरी मेरो अस्तित्व नै सखाप पार्ने धम्की दिए ।
अब राज्य र कानूनको सहारा लिनै पर्ने भयो । मैले जिल्ला प्रशासन कार्यालयमा उजुरी दायर गरेँ । दुइवटा पेशी पछि काकाले वार्ताका लागि बोलाए । वहाँको अखण्डताको जिद्दी कायमै थियो तर अलिकति लचिलो देखिए । जग्गाबाट हुने उत्पादनमा वर्षको एकचोटी भाग दिने र मैले पनि खेतीपातिमा लगानी गर्नुपर्ने शर्त अगाडी सारे उनले । लौ त नि, काका नै हुन्, आफ्नै बाबुको रगत भनेर मेरो मन पग्ल्यो । मैले स्वीकारेँ । तर काकाको त्यो हक अधिकार दिने नाटक मात्र रहेछ । उनले मलाइ लगातार दुइ वर्ष नाममात्रको अन्न दिए । मैले ताकेता गर्दा "हुन्छ नि, पछि दिउँला""अहिले छैन" "यत्ती त हो" आदि इत्यादी अनेक तर्क गरेर टारे ।
अत्ति नै भएपछि म चै निर्णायक आन्दोलनमा उत्रिएँ । सिधै एउटा वकिल दाइको सल्लाहमा जिल्ला अदालतमा मुद्दा हालेँ । अन्ततः केही वर्षको अथक भिडन्त र चर्काचर्की पछि श्रीमान् न्यायाधिसले मेरो पक्षमा फैसला गर्नुभयो । हजुरबाको अखण्ड सम्पत्ति समानुपातिक रूपमा संघियतामा गयो । मैले मेरो पैत्रिक सम्पत्तीमा स्वच्छन्द रूपमा भोग चलन गर्न पाउनेँ भएँ ।
हालको अवस्थामा काकाको अखण्डताको दम्भ, वहाँकै छोराहरूले टेरेनन् । दुइ टुक्रा पारिसकेछन् । मेरो भागको संघिय पैत्रिक सम्पत्ति चै म हाल बसोबास गरिरहेको ठाउँ (काठमान्डौ उपत्यका) स्थानान्तरण गरिसकेँ र निर्धक्क सँग भोग चलन गर्दैछु ।
No comments:
Post a Comment