
महलको हुन्न केही काम बालुवामा
लहर बनि आउनु विलिन गर्नु आफूमा
लेखिनेछु फेरी बदनाम बालुवामा
किनाराको प्यास हो या नदी नै छ प्यासी
छालहरु किन लाग्छन् लाम बालुवामा
सिउँडीमा पनि फूल फुलाइदिन्छ बगर
बसन्तको छैन क्यै लगाम बालुवामा
पत्थरमा कुँदे सकिन्न मेटाउन
'एकतारे' कोर्छ आफ्नो नाम बालुवामा
Nice one :-)!
ReplyDeleteThanks :)
Deleteअघि दुइ शेर पढ्दा पुरा कस्तो बन्ला भन्ने लागेकोथ्यो मक्ता देखेर खुसि लाग्यो|
ReplyDelete