सपनाका बोझ थाम्ने त्यही काख सिरान थियो
बिसाएछु जीवन त्यहीँ जहाँ मेरो चिहान थियो
अँधेरोमा खोजेँ खुबै ज्योतीका ति झिल्काहरू
थाकि जब आँखा चिम्लेँ आँगनीमै विहान थियो
मिसिएर सागर बन्न चट्टान चिरी बहेका थ्यौ
उर्लिएका खोली सुके जब नजिक दोभान थियो
लक्ष्य नयाँ भेटाउँदै चल्नु थियो निरन्तर
विसाएछौ यात्रा शायद हतारको थकान थियो
उभिएथ्यो एक्लो द्रोही हरूवाको जमातमा
सगरमाथा सरी अटल त्यो त आत्म सम्मान थियो
– एकतारे, २०६८।०३।१६
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन म त सिद्धिन्छु यो समय असतीको अन्त छैन यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ कैले हो मैले सुस्ता...
-
सुख दुःख अथाह यो बोकी हिँड्ने छाती छ छाती भित्रै भरिएको हावा भने भारी छ विहानीको रंगमा नि छैन कुनै उमंग निधारको पसिनामा उसै पनि लाली छ देख्न...
-
"चिया चिसो भो" सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ । बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थ...
-
मनको वागमा बसन्तको मौसम पर्दा कलम चलोस् अधरले मोती झल्काई, खुशी छर्दा कलम चलोस् सुख दुख साथी तिम्रा पालै पालो आउँछन् जान्छन् खुशीयाली मनको ...
-
'डिँगडँग्' ' डिँगडँग्' तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दू...
No comments:
Post a Comment