|
अर्जेन्टिनामय भक्तपुर ! |
|
नम्रता र कविता |
साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । तर विश्वकप नहेरी रातभरि सुतिसकेपछि शनिवार दिनभरि के गर्ने भन्ने प्रश्नले गिँज्याइरहँदा हाइकिङ जाने नै निर्णय गरियो । शनिवार बिहान ६.११ बजे विजय (@bzaydhital) ले फोन गर्दा उठिसकेको थिएँ । सल्लाघारी चोकमा चाँगु जाने गाडी चढ्नका लागि पहिले नै विजय र मेदिनी(@kbtdhal) पुगिसकेका रहेछन् ।
त्यहाँ कुर्दाकुर्दै अर्का पुराना साथी राजु (@dah_raj) पनि भेटिए । गाडी कुर्नु भन्दा अगाडी हिँड्नु उपयुक्त हुने प्रस्तावमा समर्थन जुटेपछि हामी चार अघि लाग्यौं । भक्तपुरको प्राचिन आर्किटेक्ट र विश्वकपको ज्वरो सँगै झुन्डिएका विभिन्न देशका झन्डाहरू हेर्दै डेकोचा पुगियो । चाँगु जाने गाडी चढ्ने बित्तिकै थप तीन टुइटे सिजन (@cjan_05), नम्रता (@wakil_sahiba) र सामना (@samanagotame) भेटिए । बस उकालो लाग्दै जाँदा बस भित्र रमाइलो पनि बढ्दै थियो । महिला सिटमा पुरुष बस्नु र राजुले सिट नपाउँदा चित्त दुखेको थियो, धन्न अपाङ्ग सिट खाली भयो र बस्न पाए । अँ साँच्ची राजुको पुरानो हेन्डल rara_dd का कारण अझै पनि धेरैले उनलाइ राजुदिदी भनेर चिन्छन् । त्यो कुरा लिएर जिस्काउँदा राजु जहिलेपनि हाँसेर रिस दबाउँछन् ।
|
राजु, विजय, शिशिर, कविता, सामना र नम्रता |
|
एउटा गम्भिर आत्महत्या |
चाँगुमन्दिरको ढोका नजिकै पुग्दा बिष्णु (@i_bishnu) भेटिए । मुल्ला स्टाइलको दाह्रीमा कविताले उनलाइ धन्न धन्न चिनिन् । सबैजनाको चियाखाने कुरा भएपछि चिया खाने ठाउँ खोज्न थाल्यौं । चिया खाने क्रममा कागती हालेको लेमन-टी, दूध नहालेको ब्ल्याक् टी, दुइटा दूधको चिया आदि इत्यादी प्रसङ्गले रमाइलो गरेको नै थियो । तर विजयको चोखो चियामा दुइटा प्रेमिल झिँगाले आत्महत्या गरेपछि सबैजनाले यी बहादुर जोडीको तस्बीर खिँच्न तछाडमछाड गर्दा सबैले इस्सलाइ सम्झेका थिए । ब्रम्हखेलबाट हिँडेको टोली नजिकै पुग्नलाग्दा नम्रतालाइ फोन आउँदा एकतारे आयो कि आएन भनेर सोधनी हुँदा मख्खै परियो एकछिन । म आएको नआएको पनि कसैले ख्याल गर्दो रैछ भनेर खुशी भइयो । त्यो टोलीमा सबैभन्दा अगाडी आएका सन्दीप बडाल (@sndpbdl) लाइ चारकन्या, आच्या..तीनकन्याले वनमारा फूलले स्वागत पनि गरियो ।
|
स्वागत खाँदै सन्दीप बडाल |
|
ब्राजिल भर्सेस स्पेन |
|
स्पेन समर्थकहरूमा समर्पित तस्वीर |
खाजा खाइसकेपछि टोली अगाडी बढ्यो । तेलकोट तिर लाग्दै गर्दा एउटा चौतारोमा परिचय कार्यक्रम भयो । चिनिएका, नचिनिएका, वरिष्ठ कहलाइएका, फेक भनेर शंका गरिएका, आफ्नो हेन्डल याद नभएका, एउटा नि टुइट नगरेका, टुइटरै चलाएर फेल भएर थन्किएका आदि-इत्यादी सबैले सबैलाइ चिने । "नमस्कार, म फलाना, मेरो हेन्डेल यो, म यहाँ बस्छु, मेरो घर फलानो" शैलीमा भएको परिचयात्मक कार्यक्रममा छोरी कतिवटा भन्ने प्रश्न रमाइलो थियो, तर धेरैले प्रश्न नसुनेको झै गरेर टारे । परिचय कार्यक्रम सकिएपछि टोली फेरी अगाडी बढ्यो । सल्लाघारी बीचबाट निस्केको चौडा बाटोमाझ गुट उपगुटमा बाँडिएर हिँडेको टोली सुस्ताउन बस्दा सामना र नम्रताले ल्याएको आरूबखडा खाने मौका जुर्यो । तर आरूबखडा यति अमिलो थियो कि त्यसलाइ कागतीबखडा भन्दा पनि फरक नपर्ने । छोटेडन सुदीपको (@chottedon) रहरमा ब्राजिल समर्थकहरूको संयुक्त फोटो सेसन कार्यक्रम पनि सम्पन्न भयो । सोमा इटालीको जर्सी भिरेका कागदाइ दिपेश (@addkali) पनि घुस्न भ्याए । त्यसपछि अर्जेन्टिनी समर्थकको फोटोसेसनमा पनि तिनी देखिए, हुँदाहुँदा ब्राजिल विरोधीको फोटोमा समेत उनि देखिएपछि भन्न बाध्य भइयो "दाइ अब नाम फेर । काग हैन चमेरो" ।
|
हाइके टोली ©Dilli Bhattarai |
|
छोरी कतिवटा? |
| | |
ब्राजिल समर्थक ©Dilli Bhattarai |
|
ब्राजिल विरोधी ©Dilli Bhattarai |
|
शिकारू केटाहरू |
|
हाइकिङ अवधिभर यो जोडी छुट्टिएको देख्न पाइएन |
|
धेरै जान्ने यस्तालाइ भन्छन् |
|
आफ्नो उद्गमस्थल |
|
तेलकोट मःम सेन्टर @राविश |
तेलकोट पुगेपछि तेलकोट मःम सेन्टरको बोर्ड देखियो र छोपाछोप गर्दै फोटो खिँच्ने क्रममा बडो रमाइलो नाम निस्कियो त्यहाँ । फोटो साक्षी छ । तेलकोटबाट माथी भर्याङ्ग उक्लिए पछि मन्दिर पुगियो । के को मन्दिर भन्ने चै याद राखिएन । बाटो मै गभर्नर युवराज खतिवडा भेटिए र छोटे डन खतिवडाको चिनजान पनि रहेछ उनिसँग । छोटेले पछिसम्म फुर्तीलाउँदै थिए "गभर्नर सँग फोटो खिँच्ने हो?" भन्दै, हामीले उल्टै सोध्यौ "पैसा कति आउँछ?"
|
पारा आफ्नो आफ्नो |
|
भातभन्दा छिटो अगाडी पुगेको टोली ©Dilli Bhattarai |
टोली अगाडी बढ्ने सुरसार मै थियो । राजुले मैले गरेको टुइट हेर्नु त भन्दै उफ्रिँदै आए । आफ्नो यान्सेलको थ्रिजी नचलेको झोँकमा कुर्लिएँ "के लेखेको यतै भन्नु नि" । अनि राजुले यो हाइकको ऐतिहासिक रहस्योद्घाटन गरे । खानाको व्यवस्थाको जिम्मा पाएका इन्द्रध्वजले (@indradhoj) हिमालयन भ्यू होटल, नगरकोटको श्याम लामालाइ फोन गरेको भन्ठानेर न्यू हिमालयन होटल, ककनीका श्याम लामालाइ खानाको आदेश दिएका रहेछन् । इन्द्रको झुक्क्याइ अब खाना पाक्यो पाकेन भनेर सोध्दा खेरी थाहा भयो । उता ५० जनाका लागि पाकिसकेको खाना खेर जाने, यता ५० जना भोकले चूर भएका मान्छेलाइ खाना कहाँ खोज्ने? अनि ठाउँका ठाउँ ककनीबाट खाना नगरकोट आउने निर्णय भयो ।
|
मायाको भोको! भोको शुन्ना ! |
अगाडी बढ्दै जाँदा जाँड रक्सीको बास्ना आयो । हरेक घर अगाडी घ्याम्पो र सानो ड्रम देख्दा पुरै गाउँ नै मदिरा उत्पादनमा लागि परेको जस्तो आभाष हुन्थ्यो । हिँडाइको थकानले हो कि, यही सुगन्धका कारणले हो एउटा टोली बस चढेर अगाडी नै नगरकोट हिँडेको रहेछ, जुन हामीले पछि थाहा पायौं । बाटोमा एउटा किराना पसल भेटिए पछि टुइटेहरूले कति पोका चाउचाउ, बिस्कुट भक्षण गरे, लेखाजोखा रहेन । त्यही बेला आरूबखडा पाइयो, अनि केही टुइटे त्यसको भक्षण तिर लागे । नुनिलो, गुलियोको मिश्रण अनि चिस्सो पानी पेटमा परेपछि टुइटेहरूको ताकत अलि भएनि फर्कियो ।
नगरकोट डाँडामा उक्लिसकेपछि पत्ता लाग्यो, खाना खाने व्यवस्था तारागाउँ रिजेन्सी होटल एन्ड रिसोर्टमा भएको रहेछ । नगरकोट बस बिसौनी पुगेपछि बस चढेर अघि लागेका टुइटे खानपिनमा व्यस्त रहेको भेटिए । सबैलाइ समेटेर टोली तारागाउँ अगाडी पुग्यो । अगाडी सेनाको सुरक्षा सहित सेतो ठूलो भवन देख्दा सबैले यस्तो भव्य ठाउँमा खानाको व्यवस्थापन गरेकोमा एक पटक मनमनै इन्द्रको तारिफ गर्न भ्याए । तर भित्र छिरेपछि थाहा भयो तारागाउँ त भित्र गाउँतिरै रहेछ । भवन पनि त्यस्तै जीर्ण ।
|
अगाडी देखिएको तारागाउँ ©Dilli Bhattarai |
|
तारागाउँ रिजेन्सी होटल |
|
भोकाएका टुइटे र केरकारमा इन्द्र |
खाना कुर्दै गर्दा रमाइला वार्तालाप भए । सबैको कुराकानीको केन्द्रविन्दू ककनीको खाना नै थियो । अनिल (@aakarpost) ले यस्तो घटना नेपाली चलचित्रमा देखाइएको भए कति गाली खान्थे होला भन्दा सबै हाँस्न बाध्य भए । ५० जनाको टोली खान नपाएर प्याक्प्याक् हुँदा नगरकोट जस्तो ठाउँमा ककनीबाट खाना मगाउने दृश्यमा आफैमा हास्यास्पद थियो । राजुले "भूत कि भात" नामको फिल्म बनाउँ भनि ल्याएको प्रस्ताव पनि रमाइलो नै थियो । ५० जना खाना कुर्दै गर्दा तारागाउँको भूतबङ्गलाबाट एक/एक जना गरि गायब हुँदै जाने र अन्तमा यस कथाका भिलेन इन्द्रध्वज आफ्नो सिग्नेचर यमराजी अट्टहास लगाउने । फिल्म गजब नै बन्ने थियो ।
|
खाना आयो! खाना आयो !! |
आखिरमा खाना आइपुग्यो । भोक र थकानले रन्थनिएका टुइटे लाम त लागे खानलाइ तर त्यो लाम कतिचोटी कसकसले मिच्यो भनेर त अन्तमा रहेका हाइकेहरूले नै भन्न सक्लान् । थपिथपि खान नपाए पनि खाना स्वादिष्ट थियो । दाल र भात चै जति भएनि पुग्ने तर तरकारी र मासु चै कसो गरी पनि ५० जना भन्दा माथीलाइ नपुग्ने हुँदा खाना बनाउनेले धाँधली गरेको सुद्धा आशंका गरियो ।
धेरै ढिला भए गाडी पाइँदैन भनेर राजु उफ्रिँदै त थिए र साँच्चिकै हामी सबै अन्तिम गाडीको फेला पर्यौं । जुन कि आधाउधी कोचाकोच भइसकेको थियो । अरू कुनै गाडी रिजर्भ गरेर जाउँ भनेको मौकामा गाडीवालाले ठग्न खोजीहाल्ने । बल्ल तल्ल एउटा चालक जोशिएर तीनहजारमा कोटेश्वर पुर्याउने भए । सबै टुइटे खुशी भएर गाडी त चढे तर गाडीको खलासी साँचो लिएर बेपत्ता भएको रहेछन् । तीनलाइ खोज्दै गर्दा शिकारू केटो उर्फ पवन (@shikaruketo) भाडा उठाउन तिर लागे । त्यही बेला इन्द्रले चकलेट पनि ल्याए । नगरकोटबाट गाडी हिँड्दा खेरी पछाडी बसेका साथीहरूले जोशजाँगरका साथी गीत गाइरहँदा अगाडी बसेकाले गजल सुन्ने पनि मौका पाए । बीचमा इन्द्रदेवताले चकलेट वर्षा गर्ने झुटो भविष्यवाणी पनि गर्नुभयो । तर चकलेट कता पुग्यो वहाँलाइ नै थाहा होला ।
अन्तमा सल्लाघारीमा गाडीबाट ओर्लिसकेपछि आफैलाइ बडो गर्व महसुस भएर आयो । आखिर जिन्दगीको पहिलो टुइट हाइकमा नगरकोट जाँदा पनि ककनीको खाना खाइयो । जय होस् इन्द्रको !!
तपसिल
=====
हाइकमा सहभागी टुइटेहरू (छुटपुट, गल्ती भए कमेन्ट गरौं)
- @21AlbertG
- @aakarpost
- @addkali
- @amitrajsapkota
- @at_kshitiz
- @b_lohani
- @bikuko
-
- @bzaydhital
- @chhote_don
- @cjan_05
- @dah_raj
- @deben24
- @dillibro
- @dreamy_aasys
- @ektarey
- @ghimiresunil
- @hsibar
- @i_bishnu
- @ibnamra
- @ilunatic
- @indradhoj
- @ipagalbasti
- @jhapalimailo
- @jptlove
- @kakabaa
- @karmth
- @kbtdhl
- @khurpeto
@lawyerrrrrr
- @me_nepali1
- @neeshant
- @oops_u
- @pesalbro
- @psunjay
- @pzerooo
- @rajdai
- @rayon_rash
- @rocks_pokharel
- @ruku_pokharel1
- @samanagotame
- @sapkl
- @shikaruketo
- @sndpbdl
- @subikuu
- @sujanpoudel
- @sulubung2
- @sunilsubham
- @ujwalktm
- @untill_the_end
- @wakil_sahiba
- @wishuashish
बहुतै मेहनतका साथ । लय मिलाए फाेटाे पनि सब राखेर व्लग लेख्नु भएकाेमा धन्यवाद र अाभारी पनि छु ।
ReplyDeletegood keep it up
ReplyDeleteखुशीको सिमाले नगरकोट काट्यो, बडा राम्रो, उत्कृष्ट !!! *note:- @pzerooo हो है मेरो चै !!! :D
ReplyDeleteहाइकिङ नगए पनि गएरै आएको जस्तो मजा आयो लेख पढेर !
ReplyDelete:)
Where is my handle
ReplyDelete@AmitRajSapkota Mero Nam ra Handle chutecha !
ReplyDeletePhoto No. 4 hai !
DeleteDone!
Deleteसबै हाइकरहरुको कथा(+व्यथा) समेटनु भएकोमा सर्वप्रथम सबिनजीको जय होस् | सन्तुलित लेखन छ, शब्द चयन रसिलो छ | त्यसपछि हाम्रा व्यवस्थापक इन्द्रध्वज क्षत्री @indradhoj बधाईका पात्र हुनुहुन्छ; 'प्राबिधिक त्रुटी' अवश्य पनि भएको हो तर All is well that ends well भन्ने कथनलाई मनन गर्ने हो भने समग्रमा हाइकिंग सफल रह्यो | मौसमले पनि साथ दियो (सुन्दरीजलबाट बुढानिलकण्ठ जाँदा बाटैमा पानी परेर बिजोग भएको थियो) | हाइकिंग नगएर ब्लग मात्रै पढ्ने पाठकले बसपार्क देखि नयाँपाटी अनि नयाँपाटी-चाँगुनारायण सम्मका केहि कुरा थाहा पाउनुहुन्न तर यहाँ जे जति पढ्नुहुन्छ त्यसबाट हाइकरहरुले यथेस्ठ रमाईलो गरेछन र उल्लासपूर्ण वातावरणमा आफ्नो पदयात्रा सम्पन्न गरेछन भनेर लख काट्न सक्नुहुनेछ | साबिक भन्दा धेरै मित्रहरुको सहभागिताले हाइकिंगमा रौनक थप्यो | सहभागी हाइकर मित्रहरुलाई नजिकबाट चिन्ने मौका पाईयो त्यसैले सबैजानालाई साधुवाद | #जय हाइकिंग :-)
Deletephota ta purai copy right protected raichhan ;)
ReplyDeleteचाहिए व्यक्तिगत रूपमा सम्पर्क गर्न सकिन्छ :P
Delete