Wednesday, June 4, 2014

जूनले केही बोलेन (कविता)

निस्पट्ट अँध्यारो रातमा तारा गन्दा गन्दै
पूर्वी क्षितिजमा जून उदाउँदा
एक्कासी उसका आँखा चहकिए

जून हेरेर ऊ मुस्कुरायो
जून हाँसीरह्यो, जूनले केही बोलेन

बोटबाट निमोठेर उसले
जूनतिर रातो गुलाफ तेर्स्यायो
जून हाँसीरह्यो, जूनले केही बोलेन

धेरैबेर एकोहोरो जून हेरीरहेपछि उसले
हातको गुलाफ भुइँमा फ्याँक्यो
अनि निहुरिएर आँसुका दुई थोपा झार्यो
जून हाँसीरह्यो, जूनले केही बोलेन

बिहानी प्रहरमा त्यही रातो गुलाफमा
शीतका केही थोपा मोती झै टिल्पिलाई रहेका थिए

No comments:

Post a Comment

Popular Posts