Thursday, July 12, 2012

अन्तरवार्ता (कथा)

==============================


"जानम देख लो मिट गइ दूरियाँ..मै यहाँ हुँ, यहाँ हुँ, यहाँ हूँ यहाँ...."
केटोको मोबाइलमा हिन्दी फिल्मको एउटा रोमान्टिक गीतको रिंगटोन बज्छ
केटोले यसो नम्बर हेर्छ, हत्त न पत्त फोन उठाउँछ
"हेलो"
उताबाट केटीको आवाज "फोन उठाउन यत्ती बेर लाग्छ?"
"हेहेहे, रिंगटोन सुनेको नि"
"कता हो? "
यता उता हेर्दै " म 'फलाना' ठाउँमा"

"के गर्दै?"
"केही होइन यत्तिकै बसिरा'को"
"खुप... काम छैन तेरो, अनि कसलाइ कुरीरा'को?"
"कसैलाई होइन"
"झुटो नबोल, पक्कै 'फलानी' लाई कुर्दै होलास्"
"हैन हैन, किन उसलाई कुर्नु र? "
"ल ल ठिक्क नपर, कति बेर बस्ने त्यहाँ"
"अब एकछिनमा जाने"
"कहाँ जाने?"
"अब कता जानु 'फलाना' ठाउँमा जाने"
"ए ए"
अलि खुशी हुँदै "किन तँ आउँछेस् र?"
झर्किँदै "काम छैन मेरो, आउन्न "
"...."
"ल ल, त्याँ धेरै बेकाममा डुल्ने होइन, खुरुक्क घर जाने अनि मलाई फोन गर्ने त्याँ "
"हुन्छ नि"
" चाँडै गर्ने नि, म राती चाँडै सुत्छु फेरी"
"हस्"
"हुन त बाबु साहेब, मैयाँलाई कुरी बक्स्या होला, डिस्टर्ब भयो होला मेरो फोनले..ल ल मोज गर्नुस्, तपाइँकै दिन छ"
"...."
केटो अवाक्...

==================

अन्तर्वार्ता भाग २
अन्तर्वार्ता भाग ३ 

4 comments:

  1. हा हा हा हा, दिउसो को कुरो कानी झाल्लक याद आयो

    ReplyDelete
  2. क्यै छिरेन। किन होला।

    ReplyDelete
  3. kura je bhaye ni yo bara ko kalaiya ko snap yyad aayo..
    bip

    ReplyDelete

Popular Posts