Sunday, November 20, 2016

गजल १०५

प्राइभेटमा के छ? सरकारीमा के छ?
काम त काम हुनुपर्थ्यो‌, रोजगारीमा के छ?

उर्दू गजल खोतली थाक्यो नेपाली शायर
भान्सामा चिच्याएछ, 'तरकारीमा के छ?'

मातेर घर पुगेको बाउलाई थाहा होला
फटाईएको गोजीको लाचारीमा के छ?

ठूला रूख बढी रहे साना हुर्केनन्
नेपालमा हुर्केका सालघारीमा के छ?

1 comment:

  1. सालघारीमा स्याल छ।

    ReplyDelete

Popular Posts