Saturday, March 23, 2013

I Miss Gali ~ आई मिस गाली !

देश छोडेको लगभग एक महिना पुगेछ । आफू मस्तराम मान्छे, जहाँ पुगेपनि रमाउन सक्ने भएकाले रमाइएकै छ । फेरी संसार पहिले जस्तो ठूलो रहेन । मात्र केही घन्टाको समयान्तरले पारेको अप्ठेरो बाहेक भेटघाट, गफगाफमा खासै समस्या परेको छैन । फेसबुक, टुइटर, स्काइप, भाइबर, काकाओ, व्हाट्स एप लगायत विभिन्न माध्यमहरूबाट कुरा गर्न मनलागेका मान्छेहरू भेटिएकै छन्, गफ हाँकिएकै छ । यतापनि चिनाजान बढेपछि जिन्दगी सजिलो भएको छ । सबै सँग रमाइलो  गरिन्छ र सँधै खुशी रहने मान्छेको रूपमा चिनिएको छु । कसैले रमाइलो गरेकोमा चित्त दुखाएका छैनन् । 

तर केही कुरा साँच्चिकै मिस हुन्छन् । यो भाषा र संस्कृति नमिल्ने ठाउँमा मलाई सबैभन्दा मिस हुने कुरा चाँही 'गाली' हो । ब्लगमा छाडा नलेखुँ भनेको तर विषयवस्तु नै त्यही भएपछि म विप बिना नै सबैकुरा भन्छु । चित्त नबुझाउन पाउनु हुन्न कसैले । 

बाटोमा एक्कासी पुरानो साथी भेटियो भने के भन्नुहुन्छ? हाम्रो त सबैभन्दा पहिलो जाने सम्वाद नै
"मुजी...कहाँ मर्या थिस् साले?"
"ओइ जाँठ्ठा केटी पाएपछि खुब भाउ खाछस् है!!? "
हुन्छ । रिस उठ्दा भन्दा पनि आत्मियता उर्लेर आउँदा बढी गाली गरिन्छ मित्रवर्गमा । यदि मेरो कोही साथीले म सँग बिना गाली "तपाईँ" को सम्मान लाउँदै गफ गर्दैछ भने बुझ्नुस् त्यो साथी ट्याग भिर्या मान्छे मात्र हो, साथी होइन । ( यस्ता साथीमा महिलाहरू समाविष्ट छैनन् । वहाँहरूले मायाले अनि सम्मान दुवैले तपाइँ नै भन्नुहुन्छ)

अब यो भाषा निमल्ने ठाउँमा को सँग यसरी कुरा गर्नु ? नेपाली बोल्ने मान्छे सुद्धा भेटिन गाह्रो छ । यहाँ केही भारतीय, पाकिस्तानी सँग कुरा गर्नुबाहेक अँग्रेजी कनिकुथी बोल्ने विभिन्न देशका मल्टिकलर पर्सनालिटीसँग औपचारिक कुराकानी गर्ने मात्र हो । अलि टाढा बस्ने र मनमिल्ने एकजना साथी छन्, कैले काँही तिनीसँग भेट हुन्छ, अनि बाटोभरि दिल खोलेर कुरा गर्दै हिँडिन्छ । नेपालमा बाटोमा आफन्त, अग्रज भेटिएला भन्ने पीरले बरू सम्हालिएर बोलिन्थ्यो होला यता त कुनै बन्धन भएन । कुरै पिच्छे मनमा आएका गाली जोड्यो, रमाइलो गर्दै हिँड्यो । तर यो रमाइलो सँधै पाइन्न, अनि कैले काँही मस्त भएर बोल्दै गरेको बेलामा पनि यति ओभर भइँदो रैछ कि अप्ठेरो स्थितीको श्रृजना भइदिन्छ । एउटा नेपाली रेस्टुरेन्टमा खाजा खान पुगेका थियौं, मःम खाने जाँगर चल्यो । मःम आउन त आयो, कुखुरोको डम्पलिङ्गको साइजको मःम आइपुग्यो । त्यसमाथी अचारको अनुहार र मात्रा देख्दा त चाकाँ खोचुँ दल्या जस्तो रिस उठ्यो ।  झन् कति दिनपछि मःम खाउँला भनेको त...दिमाग त्यसै रनक्क भयो ।

"मुजी !! तेस्का बाजेका गुच्चा जत्रो मःम पो ल्यायो..
के हो यार? मःम यस्तो हुन्छ??" 

हुन त आफूले आफैलाई भनेको थिएँ कुरो, अगाडी नै बसेको नेपाली वेटरले सुनेछ । विचरा के गरोस्, नेपालमा भएको भए उसले मैले सहनै नसक्ने गाली गर्दै थर्काउँदो हो । अतिथि देवोः भवको संस्कृति भएको देशको रेस्टुरेन्टमा नेपाली खाना बेच्दै थियो, सहेर बस्यो । ङिच्च हाँस्यो "के गर्ने दाई, यहाँ पुगेपछि मःम अलि कोरियन स्टाइलको भयो नि.. बरू म सरलाई अचार अलि थपि दिन्छु"

गालीको अर्को पाटो पनि छ । घरको एक्लो छोरो परियो । बेग्लै शान हुन्छ एक्लो छोरो हुनुको, काम केही गरिन्न युवराज झैं । केही हदसम्म त सहन्छन् घरका मान्छेले, त्यसपछि त खाने भनेको गाली नै हो ।
"गधा, भाते अझै उठ्या छैनस्"
"कता कुन चै नख्खरमाउलीलाइ डुलाउँदैथिस्? बेलामा खाना खानु पर्दैन तलाइँ?"
"ए उल्लू, कति ल्यापटपमा झुन्डिएको? रक्सिको बोत्तल जत्रो बाक्लो चश्मा लाउने भइसक्यो, अझै चेत्या छैन?"
घरमा प्रायः सुनिराख्ने यस्ता डाइलग बिना जिन्दगी नचल्दो रैछ । बिहान १० बजेसम्म सुत्यो, राती ३ बजेसम्म उठ्यो । साँझ डुल्न निस्केको मान्छे १२ बजे होस्टल फिर्यो । दिनरात ल्यापटप च्यापेर बस्यो..जिन्दगी यतिमै साँघुरिएको छ।

मेरो छिमेकी किचकिचे थिए । म भने झोंक चलेको बेलामा कहिलेकाँही गएर झगडै गरिदिन्छु । म कुर्लिएपछि तिनी चै चुप्प लाग्छन् भने तिनकी श्रीमती वरिष्ठ पाराको क्षेत्रीय, जातिय गाली गर्न थाल्छिन् । त्यसपछि चैं पुरा टोल नै उनको गाली सुन्न भेला हुन्छन् । हुँदाहुँदा त्यो कुरा सुद्धा मिस गरिन्छ । बाइक कुदाउँदा ट्राफिकसँग गर्ने झगडा, बसमा खलासीसँग गर्ने झगडा यति साह्रो मिस हुन्छ कि कैलेकाँही गएर बाटोमा निहुँ खोजेरै झगडा गरुँ जस्तो हुन्छ । तर के गर्नु कसैले निहुँ नै खोज्दैनन् ।

5 comments:

  1. दाई प्रणाम _/\_ ब्लग पढेर मैले नि अझेइ आफ्नो कुरा फेर्न्न बाकी नै रहेछ | भन्ने लग्यो धन्यवाद अझेइ समय मिलाएर लेख्देइ जानुस सुभकामना

    ReplyDelete
  2. मुजी के लेखेका हौ ?? लौ मैले नि बिप नगरी लेख्दें ।:)) यस्तै हो स्ट्रेस कम गराउने यो पनि राम्रो माध्यम हो । केही महिना मिस गरिन्छ अनि बानी पर्छ ।

    ReplyDelete
    Replies
    1. मुजी बुढा ! याँ कस्तो टेस पर्याछ आफूलाई । निउँ खोज्छौ? :P

      Delete
  3. पछिल्लो समयमा एउटा सरल तर मिठासिलो शैलीमा आफ्नो लेखन प्रस्तुत गर्ने ब्लगर मित्र संग भेट भएकोमा खुसी लाग्या छ ! प्रस्तुति राम्रो छ !

    ReplyDelete
    Replies
    1. धन्यवाद वेदनाथजी । हामी फेसबुकको पुरानो परिचित हौं नि ।

      Delete

Popular Posts