Monday, August 25, 2014

बा (गजल)

मन्दिर मस्जिद धाउने संसार मैले पनि भोगेको छु
बा ले कपाल मुसार्दा नै मैले देव भेटेको छु

कलिला यी पाईलालाई हल्लाउँथ्यो यो धरती
मेरो बा को औंला थामी म अझै नि अडेको छु

जवानीमा बा को र मेरो अहिलको तस्वीर हेर्दा
म भित्र बा र बा मा मेरो मिल्दो छवि देखेको छु

अँधेरीमा आशा खोज्दै शिर माथी उठाउँदा
आकाशको त्यो चम्किलो तारामा बा भेटेेको छु

जिन्दगीको दोबाटोमा कुनै बाटो रोजी हिँड्दा
सँधै सँधै म बा सँग सहयात्री बनेको छु

3 comments:

Popular Posts