ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ । मेरो पछाडी एउटा भव्य भवन पनि थियो । अनुजको कलेजको भवन हुनुपर्छ । त्यो अनुजकै कलेज हो भनेर भन्न चैं सक्दिन किनकी मैले उसको कलेज देखेको छैन । त्यो ठाउँ अमेरिकै हो भनेर ठोकुवा पनि गर्दिन, किनकी अमेरिका पनि मैले देखेको छैन । मैले चिनेको अनुज र अभि हो र उनिहरू अहिले अमेरिकामा छन् ।
अनुजको डेट जानुपर्ने भएकोले म घर फर्किने सुरसारमा थिएँ । ठ्याक्क कलेज पारी ठूलो फ्लाइओभर थियो । म घर जाने बाटो त्यही फ्लाइओभर हुँदै जानुपर्ने थियो । अनि मेरो घर चैं त्यो कलेज भवनबाट नजिकै देखिने गाउँमा थियो । यसो बिचार गरियो । फ्लाइओभर उक्लिएर गाडी चढ्नु भन्दा लखर लखर हिँडेर घरजाँदा बेस हुन्छ । समस्या के भने घर र कलेज बीचमा खेतै खेत छ । म हिँड्न रूचाउन्न, सबैलाई थाहा छ । तर सपनामा भने हिँड्न तम्सिएँ ।
तौलिहवा बस्दा खेतै खेत कुदेको झैं अमेरिकाका खेतैखेत कुदियो । आलीआली हिँड्दा-हिँड्दै बाटोमा कुलो आयो । कुलोमा पानी बगेको देखिएन किनकी कुलोभरि साना साना गोही आराम गरी तैरिरहेका थिए । साथी को थियो याद भएन तर पक्कै जुले हुनुपर्छ । किनकी "गोही खाएर टन्नै छन् दाइ, यिनीहरूले केहि गर्दैनन्" भन्दैथियो । गोहीबारे यति जान्ने अरू साथी कोही छैनन् मेरा । गोहीको जिउमा फुत्तफुत्त टेक्दै कुलो पार गरियो ।
अब अर्को अचम्म भयो । कुलो तर्ने बित्तिकै आँखाले भ्याउनेसम्म काउली बारी देखियो । काउली भने अचम्मको आकारको । नाबालक शिशुजस्तो आकारका काउली । टाउको, शरिर र खुट्टाको डल्लोजस्तो । टाउकोमा दुइटा कालो धब्बा, आँखाजस्तै । अनि ओँठको चिरा पनि । बालकलाई टोपी लगाइदिएजस्तो झुप्प पातहरू । अचम्मको काउली अरे । त्यो काउली स्याहार्दै बसेका एकजोडी चाइनिज रहेछन् । बाटो सोधियो, वास्तै गरेनन् । अनि फेरि चाइनिजमै बाटो सोधियो । उसले चाइनिजमै जवाफ दियो । तर जवाफ चैं बुझिएनछ ।
त्यसपछि काउलीबारि पार गर्ने सोच आयो, तर पाइला टेक्ने ठाउँ छैन । अब भर्खरको बच्चाजस्ता काउली, कसरी पैँताला टेक्नु? भो भनेर त्यो काउली बारी छलेर हिँड्न थालियो । अलिपर हिँडेपछि धानखेत आयो । धानखेतमा पाइला हाल्यामात्र थिएँ, कालोकालो जुका खुट्टाभरि । स-साना हैनन् फेरि, लामालामा । सर्पजस्ता लहरीलहरी पौडी खेल्ने जुका! झस्केर बिउँझिए ।
सपना सकियो । सपना न हो । जे पनि देख्न पाइन्छ । देखियो, सकियो ।

हे शम्भु
ReplyDeleteधन्न बेलैमा ब्युँझाएछौ
ऐठन हुनु अगाडि नै